चीनलाई करीब एक लाख मास्क हस्तानान्तरण
<p>काठमाडौं। नोबेल कोरोना भाइरसविरुद्धको लडाइँमा सहकार्य गर्न तथा मित्रताको प्रतीकस्वरुप भन्दै नेपाल सरकारले चीनलाई एक लाख वटा प्रोटेक्टिभ मास्क प्रदान गरेको छ। </p>
<p>आज परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती मास्क नेपालका लागि चिनियाँ राजदूत होउ योङलाई हस्तान्तरण गरेका छन्। </p>
<p>चीनमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट ६३६ जनाको मृत्यु भएको छ भने ३१ हजार भन्दा बढीलाई सङ्क्रमण भएको छ। <br />
</p>
प्रतिक्रिया दिनुहोस्