काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आज आधा घण्टाका लागि स्थगन गरिएको प्रतिनिधि सभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ।
संघीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारणवश बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक यही २६ माघ दिउँसो १ बजे बस्ने निर्धारण गरेकाे जनाइएकाे छ।
आजको पहिलो बैठकको प्रारम्भमै कांग्रेसका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए।
सांसद विश्वकर्माले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले मुद्दा दायर गरेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताएका थिए।
कांग्रेसको विरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।
कांग्रेसले सोही विषयलाई लिएर हिजाे, २३ माघको बैठक पनि अवरुद्ध गरेको थियो। यही २२ माघमा आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। रासस
" /> काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आज आधा घण्टाका लागि स्थगन गरिएको प्रतिनिधि सभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ।संघीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारणवश बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक यही २६ माघ दिउँसो १ बजे बस्ने निर्धारण गरेकाे जनाइएकाे छ।

">