चाड मनाउन उपत्यकाबाट १० लाख बाहिरिए
काठमाडौं। दसैं, तिहार र छठ लगायतका चाडपर्व मनाउनका लागि पछिल्लो एक हप्तामा १० लाख मानिस काठमाडौंबाट बाहिरिएका छन्।

यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाडौंबाट बाहिरिने चार वटा नाका प्रयोग गरि १४ असोजसम्म यतिको संख्यामा मानिसहरु बाहिरिएका हुन्।

तर, विभिन्न नाकाबाट काठमाडौंमा छ लाख मानिस भित्रिएको ट्राफिक प्रहरीलाई उद्धृत गर्दै आजको नयाँ पत्रिकाले लेखेको छ।

यातायात व्यवस्था विभागका निर्देशक तीर्थराल खनालले दैनिक १ लाखदेखि १ लाख २५ हजारसम्म मानिस बाहिरिने गरेको बताए।

“सवारीसाधनको सिट क्षमता, टिकट बुकिङ लगायतको आधारमा यो संख्या अनुमान गरिएको हो,” उनले भने।

पछिल्ला वर्षहरुमा यात्रु आफैंले सवारीसाधन रिजर्भ गरेर घर जाने चलन बढेकाले त्यो संख्या भने नजोडिएको निर्देशक खनालले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्