श्री एअरले थाल्यो काठमाडौं–पोखरा उडान
काठमाडौं। श्री एअरलायन्सले आजदेखि काठमाडौं–पोखरा उडान शुरू गरेको छ।

श्रीले ८० सीट क्षमताको ८ क्यू–४०० जहाजबाट उडान शुरू गरेको हो।

एअरलायन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुईवटा उडान गर्ने र मागअनुसार पाँचवटासम्म उडान गर्ने योजना रहेको बताए।

एअरलायन्सका क्याप्टेन भरतसिंह थापाले ८ क्यू–४०० जहाज सानो रनवेमा पनि जान सक्ने र तीव्र गतिमा उड्न सक्ने बताए। उनले ठूलो जहाज भएकाले नेपाली आकाशमा ट्राफिक समेत कम हुने बताए।

श्रीले यसअघि ६ वटा जहाजबाट भद्रपुर, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज, धनगढीलगायतका विमानस्थलमा सेवा दिँदै आएको छ।

सेवा बढाउँदै जाने रणनीतिअनुसार श्रीले थप तीनवटा ८ क्यू–४०० जहाज खरीद गर्ने योजनामा रहेको प्रवन्धक मानन्धरले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्