काठमाडौं। मिलेनियम च्यालेन्स कर्पोरेशन(एमसीसी)को युरोप, एसिया, प्याफेसिक र ल्याटिन अमेरिकाको सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिनका लागि नेपाल भ्रमणमा आएका छन्।
नेपालमा एमसीसी सम्बन्धमा विरोध र बहस चर्किरहेको बेला ब्रुक्सको नेपाल भ्रमण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपालस्थित अमेरिकी दूतावसले बताएअनुसार उपाध्यक्ष ब्रुक्स आजदेखि चार दिन (७ देखि १० फेब्रुअरी)सम्म नेपालमा रहनेछन्।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नियमित र जारी परामर्शका लागि ब्रुक्स नेपाल आएका हुन्।”
नेपाल बसाईको क्रममा उनले एमसीसी नेपाल बोर्डमा नेपालको अर्थमन्त्रालयले भर्खरै नियुक्त गरेको अध्यक्ष, कर्मचारी तथा पदाधिकारी र भौतिक योजना तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले बताएको छ।
सन २००४ मा अमेरिकी सरकारको स्वतन्त्र निकायको रुपमा एमसीसी स्थापित भएको थियो। नेपाल र अमेरिका बीच वि.सं. २०७४ मा नेपालका लागि एमसीसी मार्फत करीब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।
उक्त सम्झौता नेपालको संसदबाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा आउँछ। राजनीतिक तहमा उक्त सम्झौता अनुमोदन गर्न हुने र नहुने विषयमा तीब्र विवाद भइरहेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै एमसीसीको विषयमा नेताहरु एकमत छैनन्। केही नेताहरुले एमसीसी राष्ट्र हितमा नभएको भन्दै निरन्तर विरोध गरिरहेका छन्।
अमेरिकाले भने नेपालको आर्थिक विकास मार्फत गरीबी न्यूनीकरण गर्न उक्त अनुदान दिएको बताउँदै आएको छ।
अमेरिकी उपसहायक मन्त्री जोनाथन हेनिक एक दिने भ्रमण सकेर बुधबार स्वदेश फर्केका थिए। हेनिक फर्किएको दुई दिनपछि नै ब्रुक्स नेपाल आइपुगेका छन्। एमसीसीसँग सम्बन्धीत अधिकारीहरुको नेपाल भ्रमण क्रमशः बढिरहेको छ।
" /> काठमाडौं। मिलेनियम च्यालेन्स कर्पोरेशन(एमसीसी)को युरोप, एसिया, प्याफेसिक र ल्याटिन अमेरिकाको सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिनका लागि नेपाल भ्रमणमा आएका छन्।नेपालमा एमसीसी सम्बन्धमा विरोध र बहस चर्किरहेको बेला ब्रुक्सको नेपाल भ्रमण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपालस्थित अमेरिकी दूतावसले बताएअनुसार उपाध्यक्ष ब्रुक्स आजदेखि चार दिन (७ देखि १० फेब्रुअरी)सम्म नेपालमा रहनेछन्।

">