"> गच्छदार सांसदबाट निलम्बित: Dekhapadhi
गच्छदार सांसदबाट निलम्बित
काठमाडौं। भ्रष्टाचार आरोप लागेका नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसदबाट स्वतः निलम्बित भएका छन्।

संघीय संसद सचिवालयले आज सूचना टाँस गर्दै २२ माघदेखि गच्छदार सांसदबाट स्वतः निलम्बित भएको जनाएको हो।

अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा गच्छदारलगायत १७५ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गच्छदारलाई मुद्दा चलाइएको विषयमा अख्तियारले पत्र लेखेर जानकारी गराएपछि संसद सचिवालयले आज सूचना टाँस गरेर स्वतः निलम्बित भएको जनाएको हो।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्