गोरु जोतेर खेल मैदान !
ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा गाउँपालिका–६ खेबाङका अशोक तुम्याहाङ हल गोरु फुकाएर काँधमा हलो र जुवा बोकेर घरबाट निसेकिए।

उनी घरबाट खेतबारी होइन गाउँमै रहेको गणेश माध्यमिक विद्यालयको खेलमैदान जोत्न हिंडेका थिए।

खेल मैदान विस्तार गर्न र व्यवस्थित बनाउन उनीसँगै कुमार तुम्याहाङ र ६४ वर्षीय ज्ञानप्रसाद दाहाल पनि गोरु नारेर जोत्नमा व्यस्त छन्।

गाउँमा हुन लागेको फुटबल प्रतियोगिता सफल बनाउन स्थानीयले गोरु जोतेर खेल मैदान सम्याएका हुन् । उनीहरु पाँच दिन खटेका हुन्।

खेवाङ स्पोर्टिङ क्लबको अगुवाइमा राजनीतिक दलका स्थानीय नेतृत्व र गाउँले समेत मिलेर ६७ जनाको समूह खेल मैदान सम्याउन गोरु जोत्ने र डल्ला फोर्ने काममा लागेको आजको कान्तिपुरमा समाचार छ।

आजदेखि सञ्चालन गरिने फुटबल प्रतियोगिताको लागि पोहोर स्काभेटरले खनेको खेलमैदान सम्याउन र खाल्डो परेको ठाउँ पुर्न गोरु जोतिएको क्लबका अध्यक्ष विनम माबो बताउँछन्।

प्रतियोगितामा धरान, इलाम, पाँचथर, झापा, तेह्रथुम र ताप्लेजुङका १४ टिम सहभागि हुँदैछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्