काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अख्तियारले के गर्छ भन्ने सरकारले बताउने विषय नरहेको टिप्पणी गरेका छन्।
गोरखामा आज आयोजित कार्यक्रममा उनले सरकारले निर्देशन दिएर अख्तियार नचल्ने भन्दै अहिले कांग्रेसले गरिरहेको विरोध र लगाएको आरोप उपयुक्त नरहेको टिप्पणी गरेका हुन्।
“लोकतन्त्रका लागि संघर्ष गरेर आएको नेपाली कांग्रेस जस्तो पार्टी र नेपाली कांग्रेसका मित्रहरूले बुझ्नुपर्ने कुरा अख्तियार छुट्टै संवैधानिक निकाय हो”, उनले भने, “सरकारले निर्देशन दिएर अख्तियार चल्ने होइन, त्यस्तो गर्नुपनि हुँदैन। यो अख्तियारको स्वतन्त्र निर्णय हो।”
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा चलाएपछि कांग्रेसले विरोध गरिरहेको छ। कांग्रेसले सदन समेत अवरुद्ध गर्दै आएको छ।
नेकपा प्रवक्ता श्रेष्ठले सरकारले गरेका कामको विरोध गर्नु प्रतिपक्षको चरित्र भएपनि अख्तियार सरकारको निर्देशनमा चल्यो भनेर आरोप लगाउनु उपयुक्त नभएको बताए।
उनले अख्तियारले अझैंपनि अनुसन्धान गरेर थप केही निष्कर्ष निकाल्न पर्नै भए अख्तियार स्वतन्त्र रहेको बताए।
“अख्तियारले बिनाकुनै भेदभाव, बिनाकुनै पूर्वाग्रह यो निष्कर्ष निकालेको होला भन्नेमा छौं, अझैंपनि निकाल्नुपर्छ भने अख्तियार पूरै स्वतन्त्र छ”, श्रेष्ठले भेन, “हामी कुनैपनि प्रकारको हस्तक्षेपमा कहिले पनि विश्वास गर्दैनौं। सबै संवैधानिक निकायलाई हस्तक्षेबाट मुक्त राख्छौं।”
उनले अख्तियारलाई अझ बढी प्रभावकारी, अनुसन्धानमुलक बनाउन सहयोग गर्न कांग्रेसलाई आग्रह गरे।
“भ्रष्टाचार आरोपी हुँदैमा संसद अवरुद्ध गर्नु ठीक हुँदैन”, उनले थपे, “भ्रष्टाचारी जुनसुकै पार्टीको भएपनि छुट हुनु हुँदैन भन्नेमा हामी दृढ छौं।”