यो केवल एक रेष्टुरेण्टको नाम होइन। ‘बोता’ आफैंमा एक ब्राण्ड बनिसकेको छ। यस्तो ब्राण्ड जहाँ एउटै स्पेसमा ५० थरीका मःम पाइन्छन्।
३७ वर्षीय निभेन अमात्यले मःम पारखीलाई लक्षित गर्दै साढे तीन वर्षअघि ललितपुरको कुमारीपाटीबाट शुरू गरेको बोता अहिले चेन रेष्टुरेण्टका रूपमा शहरभरि फैलिरहेको छ।
चेन रेष्टुरेण्टको आइडिया उनले विदेश अध्ययनबाट सिकेका हुन्।
सन् १९८२ मा जन्मिएका निभेन पढाइको सिलसिलामा सन् २००१ मा बेलायत गएका थिए। उनले बेलायत, स्वीजरल्याण्ड र अमेरिका गरी झण्डै १३ वर्ष परदेशमै बिताए। त्यही समयमा ‘इन्टरनेशनल बिजनेस’ अध्ययन गरे।
सोही क्रममा उनले नाम चलेका बहुराष्ट्रिय चेन रेष्टुरेन्ट र होटलको काम गर्ने शैली र व्यवस्थापनबारे गहिरो अध्ययन गरे। उनले म्याकडोनाल्ड, डाउनटाउन, केएफसी, सिटी सेन्टरजस्ता चेन बिजनेसको शैली बुझे।
उच्च शिक्षा हासिल गरेपछि सन् २०१३ मा नेपाल फर्किएका निभेनले एक वर्षपछि साथीहरूसँग मिलेर बालुवाटारमा रेष्टुरेण्ट खोले। नाम थियो, ‘बेरी एण्ड डेरी।’
“त्यो रेष्टुरेण्टले मलाई नेपालीहरूको रूचिबारे अध्ययन गर्न सघायो”, निभेन भन्छन्, “त्यसपछि मःमलाई आफ्नो व्यवसायको रूपमा अगाडि बढाउने योजना बन्यो।”
‘बेरी एण्ड डेरी’मा आउने ९० प्रतिशत ग्राहकको पहिलो रोजाइ मःम रहेको पाएपछि उनले सोचे, मःम मात्रै बेच्ने चेन रेष्टुरेण्ट किन नखोल्ने ?
विदेशमा बस्दा म्याकडोनाल्ड, केएफसी र डाउन टाउनमा गएर खाजा र खाना खान्थे निभेन। ती रेष्टुरेण्टमा जाँदा नेपालमा पनि त्यस्तै खोल्ने योजना बुन्थे। सपना सजाएका थिए, नेपाली शैली र नामको चेन रेष्टुरेण्ट खोल्ने।
“तर, साथीहरूसँग मिलेर खोलेको रेष्टुरेन्टले म्याकडोनाल्ड र डाउनटाउन जस्तै चेन रेष्टुरेन्ट बनाउन मिल्दैनथ्यो”, निभेन भन्छन्, “त्यसका लागि नयाँ तरिका र शैली आवश्यक पर्थ्यो।”
उनले योजना बुन्न थाले।
योजना पनि बन्यो। तर, नाम जुरेन। शहरमा निकै नाम प्रचलित थिए। तीमध्ये अधिकांश विदेशी भाषाका नाम थिए। उनी चाहन्थे यस्तो नाम जसले नेपालीपनको झल्को देओस्। लामो मन्थनपछि नाम जुर्‍यो – बोता।
योजना थियो। नाम जुरिसकेको थियो। लगानी गर्न पुँजी थियो। तर, स्थान ? जहाँसुकै खोलेर पनि भएन। मानिसहरू जमघट हुने ठाउँ चाहियो। त्यो ठाउँमा खाली स्थान मिल्नपर्‍यो। त्यहाँ रेष्टुरेण्टका लागि चाहिने सबै सुविधा पनि उपलब्ध हुन पर्‍यो।
अन्ततः ललितपुरको कुमारीपाटीमा बोता खोल्ने निर्णय भयो। त्यसपछि, गुणस्तरीय सामान पाउने ठाउँको खोजीमा लागे निभेन। मःमको लागि चाहिने मासु, मैदा र किमा बनाउन चाहिने सामग्रीको खोजी गरे उनले।
सबै समस्या र चुनौती समाधान भएपछि बालुवाटारमा सेन्ट्रल किचेन खुल्यो। जहाँ मःमलाई चाहिने सामग्रीको गुणस्तर नाप्न मेसिन जडान गरियो। बोता मःमको विशिष्ट स्वाद तयार गर्न धेरैपटक अभ्यास गरियो।
उनी चाहन्थे नाममात्र होइन, मःम खाने भाँडा पनि बोता नै होस्। लागे उनी बोताको खोजीमा।
“खोजी गर्दै जाँदा नवलपरासीको एउटा समूहसँग भेट भयो”, उनी सुनाउँछन्, “बोता मन परेपछि त्यही समूहसँग सम्झौता भयो। तर गुणस्तरीय सामान बनाउने शर्तमा।”
अहिले रेष्टुरेन्टका लागि चाहिने बोता बनाउन भनेर नवलपरासीका स्थानीयले चारवटा मेसिन नै राखेका छन्।
सबै चाँजोपाँजो मिलेपछि मे २०१६ मा ललितपुरको कुमारीपाटीबाट बोता रेष्टुरेन्ट शुरू गरियो। त्यसको तीन महीनापछि अनामनगर र अर्को तीन महीनापछि झो‌ंछेमा आउटलेट खुल्यो।
अहिले काठमाडौंका विभिन्न स्थानमा गरी बोता आठ ठाउँमा सञ्चालन भइरहेको छ। कुमारीपाटी, कमलादी, अनामनगर, झोंछे, कालीमाटी, चक्रपथ, बौद्ध र पुल्चोकमा बोताले ग्राहकलाई सेवा दिइरहेको छ।
अर्को एक महीनाभित्रै पेप्सीकोला, नयाँ बानेश्वर, नयाँ बजार र विराटनगर गरी चारओटा आउटलेट खुल्दै छन्।
नयाँ बजारमा भने मःम गुरु नामको छुट्टै रेष्टुरेन्ट सञ्चालन गर्ने योजना छ निभेनको। यस्तै, पोखरा र चितवनमा पनि व्यवसाय शुरू गर्ने उनको तयारी छ।
यो बाहेक नेपालभर ५० भन्दा बढी आउटलेट र नेपाल बाहिर जापान, अष्ट्रेलिया, यूरोप र अमेरिकामा बोताको फ्रेन्चाइज खोल्न चाहन्छन् उनी। त्यसका लागि धेरै नेपालीहरू इच्छुक छन्।
तर, उचित समय नआई फ्रेन्चाइज दिने मुडमा छैनन् उनी। सही समयमा मात्र व्यवसाय शुरू गर्नुपर्छ भन्छन् उनी।
“सही समयमा नखोलिएको भए साढे तीन वर्षमा कसरी यत्रो सफलता पाइन्थ्यो ?”, निभेन भन्छन्।
बोताको सफलताको कडीका रूपमा टाइमिङ, प्लानिङ र सबैको टीम वर्कलाई लिन्छन् उनी। साथै, सबै आउटलेटमा पाउने बोता मःमको एउटै स्वाद समेत सफलताको कडी हो।
खासगरी, बोताले ‘सेन्ट्रल किचेन’ बालुवाटारमा मःम बनाउँछ। र, त्यसलाई काठमाडौंमा भएको सबै आउटलेटमा पुर्‍याउँछ। यस्तै, मःमको लागि आवश्यक चट्नी पनि सेन्ट्रल किचेनमै बन्छ।
कुनै नयाँ स्वाद र परिकार बनाउन पर्‍यो भने सबै आउटलेट र सेन्ट्रल किचेनका सेफको मिटिङ हुन्छ। त्यसैले बोताको जुनसुकै आउटलेटमा आए पनि मःमको स्वाद भने एउटै हुन्छ।
पिठो घोल्ने, किम्मा मोल्ने र मःमका डल्ला बनाउने काम सबै सेन्ट्रल किचेनमा हुन्छ।
सेन्ट्रल किचेनमा दैनिक १२ हजार ओटा मःमका डल्ला बन्छन्। उक्त संख्यामा मःम बनाउन सेन्ट्रल किचेनमा झण्डै ४५ जना कर्मचारी खट्छन्। यस्तै, चिकेन, बफ र भेज मःम बनाउने कोठा भिन्दाभिन्दै छ।
सेन्ट्रल किचेनमा बनेको मःम आठओटै आउटलेटमा बिहान ११ बजेभित्रै पुग्छ। सबै आउटलेटमा तयार मःम पुगेपछि तिनलाई आउटलेटहरूमै पकाइन्छ।
आउटलेटमा पाकेको तयारी मःम मात्र नभई घरमा लगेर पकाउन मिल्ने मःम पनि पाइन्छ। सोही मःमको प्याकेटमा अचारसमेत प्याक गरिन्छ। र, घरमा चाहने ग्राहकलाई मःमका काँचा डल्ला समेत बिक्री गरिन्छ।
नाम चलेका विदेशी चेन होटल र रेष्टुरेन्टहरूले पनि यही शैलीमा स्वाद तयार पार्ने उनको भनाइ छ। प्रत्येक देशमा एउटै स्वादमा पाइने म्याकडोनाल्ड, डाउनटाउन र केएफसीले यस्तै शैलीमा व्यवसाय गर्ने गरेकाले आफूले पनि त्यही शैली अपनाएको बताउँछन् निभेन।
सोहीकारण, बोताले शुरूमा आफ्ना कर्मचारीलाई दुई महीनासम्मको तालिम दिन्छ। गुणस्तर, सरसफाइ र सेवा कसरी दिने भन्ने विषयमा। त्यसक्रममा मःम बनाउन सिकाइनुका साथै सरसफाइलाई पनि विशेष ध्यान दिन तालिममा सिकाइँदै आएको छ।
बोता सञ्चालनमा आउनुअघि नेपाली ब्राण्डका चेन होटल र रेष्टुराँ खुलेकै थिएनन्। तर, अहिले धेरैले चेन रेष्टुरेन्ट खोल्न थालेकोमा खुशी व्यक्त गर्छन् निभेन।
आफ्नो चेन होटलको कन्सेप्टलाई विदेशसम्म नेपाली ब्राण्डका रूपमा चिनाउनु छ निभेनलाई। त्यसका लागि थप मिहिनेत आवश्यक पर्ने उनको निष्कर्ष छ।
तर, नयाँ व्यवसाय शुरू गर्दा सरकार र बैंकले कुनै पनि सहयोग नगर्ने गरेको भन्दै नयाँ व्यवसायीहरूलाई प्रोत्साहन गर्ने हो भने सरकार र बैंकले विशेष योजना ल्याउनुपर्ने उनको भनाइ छ। त्यसो भएमा नेपालमा पनि नयाँ शैली र सोचसहितका व्यवसाय धेरै आउनेछन्।
"> नेपालीपनको खोजले जन्माएको ‘बोता’ (भिडिओसहित): Dekhapadhi
नेपालीपनको खोजले जन्माएको ‘बोता’ (भिडिओसहित)
काठमाडौं। जंक फुडलाई बेवास्ता गर्ने हो भने, नेपालीको सदावहार खाजा बनेको छ- मःम।
बासी नहुने। तात्तातै खान पाइने। धेरै हदसम्म स्वस्थ र पोषिलो। यो खाजा पछिल्लो समय लोकप्रिय भएको छ।
मःम को प्रकार पनि बढ्ने क्रममा छ।
तपाईंले कति प्रकारको मःम चाख्नुभएको छ ?
बफ ? चिकन ? भेज ?
अलिबेर सोच्यो भने अरू प्रकार पनि आउन सक्छ– स्टिम, झोल, ओपन, कोथे, साँधेको, सी, फ्राइड, बनाना, पनिर, छोइला। हैन त ?
सोच्नोस् त, यस्ता थरीथरीका मःम एउटै रेष्टुरेण्टमा खान पाइए ?
तपाईंको यो रहर पूरा गर्ने स्पेश बन्न सक्छ – बोता।
यो केवल एक रेष्टुरेण्टको नाम होइन। ‘बोता’ आफैंमा एक ब्राण्ड बनिसकेको छ। यस्तो ब्राण्ड जहाँ एउटै स्पेसमा ५० थरीका मःम पाइन्छन्।
३७ वर्षीय निभेन अमात्यले मःम पारखीलाई लक्षित गर्दै साढे तीन वर्षअघि ललितपुरको कुमारीपाटीबाट शुरू गरेको बोता अहिले चेन रेष्टुरेण्टका रूपमा शहरभरि फैलिरहेको छ।
चेन रेष्टुरेण्टको आइडिया उनले विदेश अध्ययनबाट सिकेका हुन्।
सन् १९८२ मा जन्मिएका निभेन पढाइको सिलसिलामा सन् २००१ मा बेलायत गएका थिए। उनले बेलायत, स्वीजरल्याण्ड र अमेरिका गरी झण्डै १३ वर्ष परदेशमै बिताए। त्यही समयमा ‘इन्टरनेशनल बिजनेस’ अध्ययन गरे।
सोही क्रममा उनले नाम चलेका बहुराष्ट्रिय चेन रेष्टुरेन्ट र होटलको काम गर्ने शैली र व्यवस्थापनबारे गहिरो अध्ययन गरे। उनले म्याकडोनाल्ड, डाउनटाउन, केएफसी, सिटी सेन्टरजस्ता चेन बिजनेसको शैली बुझे।
उच्च शिक्षा हासिल गरेपछि सन् २०१३ मा नेपाल फर्किएका निभेनले एक वर्षपछि साथीहरूसँग मिलेर बालुवाटारमा रेष्टुरेण्ट खोले। नाम थियो, ‘बेरी एण्ड डेरी।’
“त्यो रेष्टुरेण्टले मलाई नेपालीहरूको रूचिबारे अध्ययन गर्न सघायो”, निभेन भन्छन्, “त्यसपछि मःमलाई आफ्नो व्यवसायको रूपमा अगाडि बढाउने योजना बन्यो।”
‘बेरी एण्ड डेरी’मा आउने ९० प्रतिशत ग्राहकको पहिलो रोजाइ मःम रहेको पाएपछि उनले सोचे, मःम मात्रै बेच्ने चेन रेष्टुरेण्ट किन नखोल्ने ?
विदेशमा बस्दा म्याकडोनाल्ड, केएफसी र डाउन टाउनमा गएर खाजा र खाना खान्थे निभेन। ती रेष्टुरेण्टमा जाँदा नेपालमा पनि त्यस्तै खोल्ने योजना बुन्थे। सपना सजाएका थिए, नेपाली शैली र नामको चेन रेष्टुरेण्ट खोल्ने।
“तर, साथीहरूसँग मिलेर खोलेको रेष्टुरेन्टले म्याकडोनाल्ड र डाउनटाउन जस्तै चेन रेष्टुरेन्ट बनाउन मिल्दैनथ्यो”, निभेन भन्छन्, “त्यसका लागि नयाँ तरिका र शैली आवश्यक पर्थ्यो।”
उनले योजना बुन्न थाले।
अन्ततः ललितपुरको कुमारीपाटीमा बोता खोल्ने निर्णय भयो। त्यसपछि, गुणस्तरीय सामान पाउने ठाउँको खोजीमा लागे निभेन। मःमको लागि चाहिने मासु, मैदा र किमा बनाउन चाहिने सामग्रीको खोजी गरे उनले।
सबै समस्या र चुनौती समाधान भएपछि बालुवाटारमा सेन्ट्रल किचेन खुल्यो। जहाँ मःमलाई चाहिने सामग्रीको गुणस्तर नाप्न मेसिन जडान गरियो। बोता मःमको विशिष्ट स्वाद तयार गर्न धेरैपटक अभ्यास गरियो।
उनी चाहन्थे नाममात्र होइन, मःम खाने भाँडा पनि बोता नै होस्। लागे उनी बोताको खोजीमा।
“खोजी गर्दै जाँदा नवलपरासीको एउटा समूहसँग भेट भयो”, उनी सुनाउँछन्, “बोता मन परेपछि त्यही समूहसँग सम्झौता भयो। तर गुणस्तरीय सामान बनाउने शर्तमा।”
अहिले रेष्टुरेन्टका लागि चाहिने बोता बनाउन भनेर नवलपरासीका स्थानीयले चारवटा मेसिन नै राखेका छन्।
अहिले काठमाडौंका विभिन्न स्थानमा गरी बोता आठ ठाउँमा सञ्चालन भइरहेको छ। कुमारीपाटी, कमलादी, अनामनगर, झोंछे, कालीमाटी, चक्रपथ, बौद्ध र पुल्चोकमा बोताले ग्राहकलाई सेवा दिइरहेको छ।
अर्को एक महीनाभित्रै पेप्सीकोला, नयाँ बानेश्वर, नयाँ बजार र विराटनगर गरी चारओटा आउटलेट खुल्दै छन्।
नयाँ बजारमा भने मःम गुरु नामको छुट्टै रेष्टुरेन्ट सञ्चालन गर्ने योजना छ निभेनको। यस्तै, पोखरा र चितवनमा पनि व्यवसाय शुरू गर्ने उनको तयारी छ।
यो बाहेक नेपालभर ५० भन्दा बढी आउटलेट र नेपाल बाहिर जापान, अष्ट्रेलिया, यूरोप र अमेरिकामा बोताको फ्रेन्चाइज खोल्न चाहन्छन् उनी। त्यसका लागि धेरै नेपालीहरू इच्छुक छन्।
तर, उचित समय नआई फ्रेन्चाइज दिने मुडमा छैनन् उनी। सही समयमा मात्र व्यवसाय शुरू गर्नुपर्छ भन्छन् उनी।
“सही समयमा नखोलिएको भए साढे तीन वर्षमा कसरी यत्रो सफलता पाइन्थ्यो ?”, निभेन भन्छन्।
बोताको सफलताको कडीका रूपमा टाइमिङ, प्लानिङ र सबैको टीम वर्कलाई लिन्छन् उनी। साथै, सबै आउटलेटमा पाउने बोता मःमको एउटै स्वाद समेत सफलताको कडी हो।
पिठो घोल्ने, किम्मा मोल्ने र मःमका डल्ला बनाउने काम सबै सेन्ट्रल किचेनमा हुन्छ।
सेन्ट्रल किचेनमा दैनिक १२ हजार ओटा मःमका डल्ला बन्छन्। उक्त संख्यामा मःम बनाउन सेन्ट्रल किचेनमा झण्डै ४५ जना कर्मचारी खट्छन्। यस्तै, चिकेन, बफ र भेज मःम बनाउने कोठा भिन्दाभिन्दै छ।
सेन्ट्रल किचेनमा बनेको मःम आठओटै आउटलेटमा बिहान ११ बजेभित्रै पुग्छ। सबै आउटलेटमा तयार मःम पुगेपछि तिनलाई आउटलेटहरूमै पकाइन्छ।
आउटलेटमा पाकेको तयारी मःम मात्र नभई घरमा लगेर पकाउन मिल्ने मःम पनि पाइन्छ। सोही मःमको प्याकेटमा अचारसमेत प्याक गरिन्छ। र, घरमा चाहने ग्राहकलाई मःमका काँचा डल्ला समेत बिक्री गरिन्छ।
नाम चलेका विदेशी चेन होटल र रेष्टुरेन्टहरूले पनि यही शैलीमा स्वाद तयार पार्ने उनको भनाइ छ। प्रत्येक देशमा एउटै स्वादमा पाइने म्याकडोनाल्ड, डाउनटाउन र केएफसीले यस्तै शैलीमा व्यवसाय गर्ने गरेकाले आफूले पनि त्यही शैली अपनाएको बताउँछन् निभेन।
सोहीकारण, बोताले शुरूमा आफ्ना कर्मचारीलाई दुई महीनासम्मको तालिम दिन्छ। गुणस्तर, सरसफाइ र सेवा कसरी दिने भन्ने विषयमा। त्यसक्रममा मःम बनाउन सिकाइनुका साथै सरसफाइलाई पनि विशेष ध्यान दिन तालिममा सिकाइँदै आएको छ।
बोता सञ्चालनमा आउनुअघि नेपाली ब्राण्डका चेन होटल र रेष्टुराँ खुलेकै थिएनन्। तर, अहिले धेरैले चेन रेष्टुरेन्ट खोल्न थालेकोमा खुशी व्यक्त गर्छन् निभेन।
आफ्नो चेन होटलको कन्सेप्टलाई विदेशसम्म नेपाली ब्राण्डका रूपमा चिनाउनु छ निभेनलाई। त्यसका लागि थप मिहिनेत आवश्यक पर्ने उनको निष्कर्ष छ।
तर, नयाँ व्यवसाय शुरू गर्दा सरकार र बैंकले कुनै पनि सहयोग नगर्ने गरेको भन्दै नयाँ व्यवसायीहरूलाई प्रोत्साहन गर्ने हो भने सरकार र बैंकले विशेष योजना ल्याउनुपर्ने उनको भनाइ छ। त्यसो भएमा नेपालमा पनि नयाँ शैली र सोचसहितका व्यवसाय धेरै आउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्