काठमाडौं। पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ। चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो ।
दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप कुखुरापालक किसानले लगाउँदै आएका छन्। राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समितिका संयोजक विष्णु खड्काले पछिल्लो दुई महिनामा चल्ला र दानामा मूल्यमा सहनै नसक्ने गरी कार्टेलिङ भएको आरोप लगाए।
खड्काका अनुसार अहिले प्रतिक्विन्टल दानाको मूल्य तीन हजार ६०० रुपैयाँ रहेको छ। पछिल्लो एक वर्षमा दानाको मूल्यमा ८५० रुपैयाँ बढेको छ। सो अवधिमा प्रतिचल्ला ३० रुपैयाँमा पाइने गरेकोमा अहिले बढेर प्रतिचल्ला ७० रुपैयाँ पुगेको छ। केही व्यापारीहरूमा नियन्त्रित र बजार अनुगमन प्रभावकारी हुन नसकेकाले यो समस्या आएको खड्काको भनाई छ।
यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक–ढेड सातादेखि कुखुरा, दाता र चल्लामा अनुगमन केन्द्रित गरेको जनाएको छ। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले कुखुरा, दाना र चल्ला महँगो हुनुको कारण कार्टेलिङ भएको स्वीकार गरेका छन्।
महानिर्देशक सुवेदीले कुखुराको मासु, चल्ला र अण्डाको मूल्य बढाउनेलाई कारबाही गर्न थालेपछि मूल्यमा विस्तारै सुधार आउन थालेको जानकारी दिएका छन्। माघको शुरूमा कुखुराको मासु प्रतिकेजी २५० रुपैयाँ रहेकोमा अहिले बढेर ४३० रुपैयाँसम्म भएको समाचार आजकाे गोरखापत्र दैनिकमा छ।
" /> काठमाडौं। पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ। चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो ।

">