१६ तोला सुनसहित दुई पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंको चावहिलबाट अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय ध्रुवबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई १४ असोज साँझ पक्राउ गरेको हो।

उनीहरुबाट प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त सुनको मूल्य १२ लाख रूपैंया बराबर रहेको प्रहरीले जनाएको छ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

"त्रिभुवन विमानस्थलबाट पास गरेर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौं," डीएसपी कामतीले भने।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारवाहिका लागि राजश्‍व कार्यालय पठाएको वृत्तले बताएको छ। रासस

प्रतिक्रिया दिनुहोस्