एक महीनापछि खुल्याे पाम तेलको निकासी
काठमाडौं। पाम तेलको निर्यात एक महीनापछि खुला भएको छ। भारतले वैदेशिक व्यापार नीति संशोधन गर्दै २३ पुसदेखि पाम तेलको आयातमा प्रतिबन्ध लगाएकाे थियाे।

तत्कालका लागि भारतीय कम्पनी आरएन इम्प्याक्टले मात्रै नेपालबाट पाम तेल आयात गर्न पाउने गरी खुला भएकाे उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगडले जानकारी दिए।

भारतमा पाम तेल आयात गर्नका लागि त्यहाँकाे सरकारले लाइसेन्स अनिवार्य गरेकाे छ।

मन्त्रालयको निरन्तर प्रयासका कारणा पाम तेलकाे निर्यात खुला गर्न सम्भव भएकाे दुगडले बताए।

पाम तेलकाे निर्यात प्रतिबन्ध भएपछि नेपालका यससँग सम्बन्धित १३ वटा उद्याेग समस्यामा परेका थिए।

चालू आर्थिक वर्षको ६ महीनामा नेपालले भारततर्फ कूल १३ अर्ब रूपैयाँभन्दा बढीको पाम तेल निर्यात गरेको थियाे। यसैकाे कारण नेपालकाे निर्यात व्यापार बढेकाे भन्सार विभागकाे तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्