नुवाकाेट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमाङ्कनमा परिवर्तन हुन सक्ने बताएका छन्।
नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आजदेखि शुरू भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश ५ र प्रदेश २ का केही जिल्लाका जनताको मागअनुसार राजधानीको नाम र केन्द्रमा देखिएको समस्याका कारण प्रदेशको सीमाङ्कन फेरबदल हुन सक्ने सङ्केत दिएका हुन्।
“प्रदेश ५ का बाँके र बर्दियाका जनताले राजधानी र केन्द्र आफूहरूको मागअनुसार नभए प्रदेश ५ मा बस्न नचाहेको बताउँदै आएका छन्”, उनले भने, “प्रदेश २ को बारा, पर्सा र रौतहटका जनताको पनि फरक धारणा आएकाले अहिलेको प्रदेश संरचना परिवर्तन हुन सक्ने देखिएको छ।”
बागमती प्रदेशको नाम र केन्द्र चयनमा प्रदेश सभाका सदस्यको चाहनाअनुसार पार्टीको केन्द्रीय कमिटीले सहजीकरण गरेर समस्या समाधानमा सहयोग पुर्याएको उनको भनाइ छ। रासस
" /> नुवाकाेट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमाङ्कनमा परिवर्तन हुन सक्ने बताएका छन्।नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आजदेखि शुरू भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश ५ र प्रदेश २ का केही जिल्लाका जनताको मागअनुसार राजधानीको नाम र केन्द्रमा देखिएको समस्याका कारण प्रदेशको सीमाङ्कन फेरबदल हुन सक्ने सङ्केत दिएका हुन्।

">