व्यस्त सडकमै कार निर्बाध पार्किङ, गरीबका साइकल र ठेला उठाएर लिलामी
काठमाडौं। यातायात व्यवस्था चुस्त बनाउन विस्तार गरिएका राजधानीका सडक पार्किङस्थलमा परिणत भएका छन्।

मुख्य सडक र फुटपाथमै पार्किङ गरिएका निजी गाडी र मोटरसाइकललाई बेवास्ता गर्ने महानगरीय प्रहरीले गरीबका ठेला, साइकल र विभिन्न सामग्री जफत गरेर लिलामी नै गरिदिन्छ।

काठमाडौं महानगरपालिकाका भित्री सडक, करिडोर र सडक पेटीमा ठेला गाडी राखेर सामान बिक्री गरेको भेटेमा महानगर र ट्राफिक प्रहरीका संयुक्त टोलीले जफत गर्छन्।

ती सामग्री सड्ने, बिग्रने भए जरिवाना तिराएर छाड्ने र नसड्ने सामग्रीहरू (नाङ्लोदेखि, साइकल, ठेलागाडा तथा लत्ताकपडा) भने लिलामी गर्दै आएको छ।

उपत्यकाका व्यस्त बजारमै यस्ता कैयौँ सडक छन्, जहाँ नो पार्किङको बोर्ड राखिएको छ, तर त्यहाँ दिनभर सवारी पार्किङ हुन्छन् ।

‘नो पार्किङ’ स्थलमा पार्किङ गरेका सवारी उठाउन भने महानगर प्रहरी मुस्किलले पुग्छ।

तर, गरीबका ठेलागाडा र रिक्सा उठाउन भने छिट्टै पुग्छ।

जफत भएका ठेला गाडी र रिक्सा लिलामी हुन्छन् तर, महँगा र चम्किला गाडी ट्राफिकले जरिवाना लिएर सहजै छाडिन्छन्।

महानगरपालिकाले दुई वर्षअघि देखि अव्यवस्थित पार्किङ गरिएका सवारीसाधन र सामानहरू जफत गर्न थालेको हो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले सडक र पेटीमा सामग्री राखेको पाइएमा जफत गरी लिलाम गर्दै आएको बताए।

आजको नयाँ पत्रिकाका अनुसार महानगरपालिकाले जफत गरिएका सड्ने र गल्ने सामग्री भए जरिवानापछि फिर्ता गर्ने र नसड्ने सामान लिलाम गर्दै आएको छ।

उपत्यकामा सवारी जामका धेरै कारणमध्ये अव्यवस्थित पार्किङ पनि मुख्य रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठ बताउँछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्