काठमाण्डौं। स्वस्थानी व्रत आज समापन हुँदैछ।

हरेक वर्षको पुस शुक्ल पूर्णिमाका दिन शुरू हुने श्रीस्वस्थानी व्रत तथा माधवनारायणको पूजा माघ शुक्ल पूर्णिमासम्म एक महीना चल्छ।

त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।

आज १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्णहोस् भनी भगवतीलाई अर्घ्य दिने प्रचलन छ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ।

स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रत कथामा उल्लेख गरिएको छ।

स्वस्थानीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मीलन हुने, पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने विश्‍वास छ।

काठमाडौंको शालीनदीमा स्वस्थानीसँगै शुरू भएको माधवनारायण मेला र र अश्वमेध यज्ञ पनि आजै समापन गरिन्छ।

" /> काठमाण्डौं। स्वस्थानी व्रत आज समापन हुँदैछ।

"> आजदेखि स्वस्थानी व्रत सकिँदै: Dekhapadhi
आजदेखि स्वस्थानी व्रत सकिँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्