बाघको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई १० लाख <p>बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका&ndash;१, भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले क्षतिपूर्तिस्वरुप उक्त रकम दिएको हो।</p> <p>थारूका परिवारलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, नगर प्रमुख घननारायण श्रेष्ठ र श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जर्नादन योगीले संयुक्तरूपमा चेक हस्तान्तरण गरेका हुन्।&nbsp;</p> <p>नेपाल सरकारको नियमबमोजिम पीडितका परिवारलाई क्षतिपूर्तिस्वरुप उक्त रकम हस्तान्तरण गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए। गत भदौको पहिलो साता बारीमा सुँगुरलाई आहारा हाल्न गएका वडा नं १, भुरीगाउँ खानेपानीटोलका ७० वर्षीय थारूलाई बाघले बारीमै आक्रमण गरी मारेको थियो । <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्