काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्यावलोकन गर्न सकिनेछ। क्रुजसीपको सञ्चालनका लागि तीन जना क्रिउ मेम्बर र प्राविधिक हाल विदेशी रहने छन्।
क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो।
दुई वटा इञ्जिन रहेको क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुने बताइएको छ। क्रुज निर्माणका लागि करीब १५ करोड हाराहारी खर्च भएको जनाइएको छ।
नारायण अधिकारी/रासस

फागुनदेखि नारायणीमा पानीजहाज सरर, १० दिनभित्र अनलाइन बुकिङ खुल्ने

चितवन। नारायणी नदीमा फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) चलाइने भएको छ।

सरकारले पानीजहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ पानीजहाजको शुरुआत गर्न काम तीब्र पारिएको हो।

भरतपुर महानगरपालिका-१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले केही ढिलाइ भएपनि मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै सानो पानीजहाज सञ्चालन गर्न लागिएको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए।

उनले भने, “बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौँ ।”कँडेलले १० दिनभित्र अनलाइन बुकिङ खुला गरिने जानकारी दिए।

क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना ( डिनर क्रुज) का लागि अनलाइन बुकिङ खुला गरिँदैछ।

बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइँदैछ।

भुइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र छतमा २० जना बस्न मिल्ने गरी भित्रै बार र पर्यटकको मनोरञ्‍जनका लागि सांगितिक प्रस्तुतिसमेत हुनेछ।