प्रदेश १ को आवधिक योजना सार्वजनिक
विराटनगर। प्रदेश १ सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ नारासहित पाँच वर्षीय  प्रथम आवधिक योजना सार्वजनिक गरेको छ।
प्रदेश योजना आयोगको प्रथम आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको लक्ष्य हासिल गर्न आवधिक योजनाले महत्वपूर्ण आधार तयार गर्ने बताए।
आविधक योजनामा वन, वातावरण, जलाधार र जैवीक विविधताको संरक्षण गर्नु सुशासन अभिवृद्धि गर्नु, युवा प्रतिभा विकास तथा उद्यमशीलता एवं स्वरोजगारका क्षेत्रका आठ वटा रणनीति र कार्यक्रमलाई महत्व दिइएको छ।
आर्थिक वर्ष २०७५र०७६ को स्थिर मूल्यमा १४ खर्व ४२ अर्व र आठ करोड रूपैंयामध्ये सरकारले पाँच खर्व ५७ करोड रूपैंया, निजी क्षेत्रले सात अर्व ७६ करोड ५३ लाख रूपैंया, सहकारी क्षेत्रले ७९ अर्व ३० करोड रूपैंया एवं सामुदायिक क्षेत्रले २८ अर्व ४६ करोड रूपैंया लगानी हुने प्रदेश योजना आयोगले प्रक्षेपण गरेको छ।
आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले एकिकृत प्रदेशको विकासमा आवधिक योजना कोसेढुंगा बन्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्