काठमाडौं। बालुवाटार जग्गा प्रकरणमा राजनीति प्रतिशोध साँध्न आफ्ना नेतामाथि अख्तियारले भ्रष्टाचार दायर गरेको भन्दै विरोध गरिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक आज चौथों पटक पनि अवरुद्ध गरेको छ।
बैठक शुरू हुनासाथ कांग्रेसका सांसदहरू उठेर विरोध जनाएका थिए।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा गइसकेको विषय संसदको कार्यक्षेत्रमा नपर्ने भएकाले कानूनी प्रावधानलाई बुझिदिएर सदन चलाउन सहयोग गरिदिन कांग्रेस सांसदहरूसँग आग्रह गरे।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले कानूनको दृष्टिमा सबै समान हुने भनिए पनि विभेदपूर्ण ढंगले कारबाही थालिएकाले आफूहरूले आपत्ति जनाएको बताए।
२४ माघमा कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको थियो।
बैठक २८ माघ दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।
" /> काठमाडौं। बालुवाटार जग्गा प्रकरणमा राजनीति प्रतिशोध साँध्न आफ्ना नेतामाथि अख्तियारले भ्रष्टाचार दायर गरेको भन्दै विरोध गरिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक आज चौथों पटक पनि अवरुद्ध गरेको छ।

">