काठमाडौं। १२ बैशाख २०७२ को भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ।
भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो। चालू आर्थिक वर्षमा १५० सम्पदाको पुनःनिर्माण भइरहेको छ। चालू आर्थिक वर्षको अन्तिमसम्म भूकम्पले क्षति पुगेका ६० प्रतिशत सम्पदा बनाइसक्ने पुरातत्व विभागको लक्ष्य छ।
बाँकी ४० प्रतिशत सम्पदा आर्थिक वर्ष २०७८/७९ सम्म सक्ने कार्ययोजना पनि विभागले सार्वजनिक गरेको छ। विभागमा आज आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षका लागि काठमाडौं, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा राति पनि घुम्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए।
“भक्तपुरमा पर्यटकले राति घुम्न सकिने व्यवस्था गरिसकिएको छ, वसन्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्रमा पनि छिट्टै यो व्यवस्था गरिँदै छ, उपत्यकाका सम्पदालाई एकापसमा जोड्न लागिएको छ, सम्पदाबीच साइकल लेन पनि बनाउने तयारी छ”, उनले भने।
सम्पदा पुनःनिर्माणमा पुरानै सामग्रीको प्रयोग हुने मन्त्री भट्टराईले जानकारी गराए। पुराना सामग्रीले काम नगर्ने अवस्था भएमात्र नयाँ निर्माण सामग्री प्रयोग गरिेने पुराना सामग्रीलाई सङ्ग्रहालयमा राख्ने सरकारको नीति रहेको उनले बताए। पाटनमा यस्तो सङ्ग्रहालय बनिसकेको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले धरहरा र रानीपोखरी प्राधिकरणले नै बनाइराखे पनि त्यसको स्वामित्व विभागसँगै रहेको जानकारी दिए। त्रिपुरेश्वरको महादेव मन्दिर क्षेत्र संरक्षणकै लागि काठमाडौं विश्वविद्यालयलाई गुठी संस्थानले दिएको पनि उनले बताए।
विभागका निमित्त महानिर्देशक दामोदर गौतमले प्रदेश नं १ को विराटनगर क्षेत्रमा महाभारतकालीन विराट दरबार र किचकबधको पनि उत्खनन भइरहेको जानकारी दिए। सम्पदा पुनःनिर्माणमा पुराना निर्माण सामग्री र स्वरूपलाई नबिगारिएको उनको दाबी छ। विभागका प्रवक्ता रामबहादुर कुँवरले कपिलवस्तु क्षेत्रमा भइरहेको उत्खननले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट नै भएको तथ्य प्रमाणित गरेको बताए।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्नेमा विश्वस्तरमै विवाद नरहेको उनको धनाइ छ।
विभागका प्रमुख पुरातत्व अधिकृत डा. सुरेशसुरस श्रेष्ठले उपत्यकाका विश्व सम्पदास्थलका १७० सम्पदामा गोरखा भूकम्पले क्षति पुगेको जानकारी गराए। तीमध्ये हालसम्म १०१ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ।
विश्व सम्पदास्थल लुम्बिनीभित्र भइरहेका विभिन्न गतिविधिले त्यहाँको विश्वव्यापी महत्वमाथि पार्न सक्ने नकारात्मक प्रभाव कम गर्न एकीकृत व्यवस्थापन प्रक्रिया स्वीकृतिको लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ। रासस