कांग्रेस नेता पाैडेलले भने- 'सरकार पक्षपाति भयाे'
<p>चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकार नागरिक सबै बराबर हुन् भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाति भएको टिप्पणी गरे।</p>
<p>नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए। यसले लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ छ। “लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो”, उनले भने।</p>
<p>फरक प्रसङ्गमा पाैडेलले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताएका छन्। आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनकाे भनाइ छ ।</p>
<p>“पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति छ। त्यसको अन्त्य हुनुपर्छ”, उनले भने। राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्