आजदेखि देशैभरि फोर जी सेवा

काठमाडौं । नेपाल टेलिकमको चौथो जनेरेसनको मोबाइल डाटा सेवा (फोरजी) आजदेखि देशभर विस्तार हुँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मुख्यमन्त्री र विभिन्न नगरका मेयरहरुरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक रूपमा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

यसअघि काठमाडौं र पोखरामा मात्र फोर जी सेवा सञ्चालनमा थियो। अब सातै प्रदेशका ३२ जिल्लाको प्रमुख शहरमा यो सेवा विस्तार हुने भएको छ।

फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा सुधार हुनेछ।

फोर जी सेवा विस्तारसँगै ग्राहकले अहिले पाउँदै आएको मूल्यमा दोब्बर डाटा पाउने टेलिकमले जनाएको छ । त्यस्तै केहि अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी पहिलेकै मूल्यमा प्रदान गरिने छ।

फोरजी सेवाको न्यूनतम गति ३५ एमबी प्रतिसेकेन्ड रहेको नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले १७ पुस २०७३ मा काठमाडौं र पोखराबाट फोरजी/एलटीई सेवाको शुरुवात गरेको थियो।

फोर जीको कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया दिनुहोस्