आध्यात्मिक ज्ञानले समाजलाई भ्रष्टाचारमुक्त राख्छः मुख्यमन्त्री गुरुङ
<p>पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आध्यात्मिक चेतनाको विकाससँगै समाज तनाव र भ्रष्टाचारबाटमुक्त हुने बताएका छन्। </p>
<p>ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा पोखरा-११, फुलबारीस्थित शिवशक्तिमार्गमा निर्माण गरिने पोखरा पिस रिट्रिट सेन्टरअन्तर्गत दिव्य शान्ति अनुभूति केन्द्र भवनको आज शिलान्याश समारोहमा उनले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न आध्यात्मिक ज्ञानले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।</p>
<p>आध्यात्मिक शिक्षाबाट समाज परिवर्तन हुनुका साथै शान्त, समृद्ध र सभ्य समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले यस्ता गतिविधिमा प्रदेश सरकारकोतर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्