काठमाडौं। नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको विन्टर अफर सार्वजनिक गरेको छ। टेलिकमले आगामी ३० चैत्रसम्म उपयोग गर्न सकिने गरी अफर सार्वजनिक गरेको हो। टेलिकमले यसअघि नै उपलब्ध गराएको अटम अफर अन्तर्गतका सेवामा केही थप सुविधा र नयाँ प्याकेज समेत थपेर विन्टर अफर ल्याइएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
यस्ता छन नेपाल टेलिकमका अफरः
अल टाइम डाटा प्याक
यस अन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन्। यसमा ६० एमबीदेखि १४ हजार एमबीसम्मका प्याकेज खरिद गर्न सकिन्छ। यी प्याकेज बढीमा २८ दिनसम्म प्रयोग गर्न सकिन्छ।
डे डाटा प्याक
बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिन्छ। त्यसैगरी, १० रुपैयाँमा ८० एमबी डाटा पनि यस प्याकमा उपलब्ध छ। दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाइसक्नु पर्छ।
नाइट डाटा प्याक
बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिन्छ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ।
सोसियल मिडिया प्याक
सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ। यसमा १० रुपैयाँमा ७० एमबी डाटा एक दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध छ। यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिन्छ।
युट्युब (स्ट्रिमिङ) डाटा प्याक
युट्युब चलाउन एक दिन, तीन दिन र सात दिन समयावधिका लागि प्याक लिन सकिन्छ। यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ। यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र एक हजार ४ सय एमबी प्राप्त हुन्छ।
डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिनेछ । त्यसैगरी, १० रुपैयाँमा एक सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । यी प्याक २४ घण्टाभित्र उपयोग गरिसक्नुपर्छ।
पोष्टपेड प्याक
जीएसएम पोष्टपेडका लागि तीन सय रुपैयाँको नयाँ प्याक उपलब्ध भएको छ। यस अन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ। सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ।
बिग डाटा प्याक
नयाँ प्याकका रूपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ। टेलिकमले एक हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा उपलब्ध गराएको छ।
कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफरहरु भने विन्टर अफरमा पनि यथावत् रहेको भण्डारीले जानकारी दिए। त्यसैगरी, पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रुपमा उपलब्ध हुने उनले बताए।
" /> काठमाडौं। नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको विन्टर अफर सार्वजनिक गरेको छ। टेलिकमले आगामी ३० चैत्रसम्म उपयोग गर्न सकिने गरी अफर सार्वजनिक गरेको हो। टेलिकमले यसअघि नै उपलब्ध गराएको अटम अफर अन्तर्गतका सेवामा केही थप सुविधा र नयाँ प्याकेज समेत थपेर विन्टर अफर ल्याइएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।यस्ता छन नेपाल टेलिकमका अफरः

">