काठमाडौं। पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङले अदालतमा प्रवेश गरेको विषयमा संसदमा प्रश्न उठाउन नपाइने बताएका छन्।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अख्तियारले हालै विजयकुमार गच्छदारसहित १७५ जनालाई मुद्दा चलाएको विरोधमा चौंथोपटक संसद अवरुद्ध गरेपछि नेम्वाङको यस्तो प्रतिक्रिया आएको हो।
उनले कांग्रेसले संसद अवरुद्ध गरेपनि अरुबेला जस्तो सरकारसँग कुनै माग नै नराखेको समेत बताए।
संवैधानिक अंगले दायर गरेको मुद्दामा सत्तापक्ष कहीँपनि नजोडिएको उनको भनाइ छ।
“कहाँ सहयोग गर्नुपर्यो हामीले भनिरहेका छौँ। तर, त्यो कुरा आएको छैन। अख्तियारले एकतर्फी मुद्दा दायर गरेको देखिँदैन”, नेम्वाङले भने, “संवैधानिक अंगले चलाएको मुद्दामा सत्तापक्ष वा अर्को पक्ष भन्ने हुँदैन। अदालतमा प्रवेश गरेको मुद्दामा संसदमा प्रश्न समेत गर्न पाइँदैन।”
कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले भने किन छानबिन गरियो भनेर नभइ छानबिनको प्रक्रिया गलत भएको भनेर विरोध गरिएको बताए।
संसदमा छलफल गरेर टुंगिने विषय नभएको आफूहरूलाई थाहा भएपनि अदालतमा मुद्दा पुर्याउने प्रक्रिया निष्पक्ष र कानूनसम्मत नभएको उनले बताए। कानून सबैलाई समान हुनेभएपनि एउटै कानूनलाई फरक–फरक ढंगले व्याख्या गरेर मुद्दा अगाडी बढाउने विषय आपत्तिजनक भएको उनको भनाइ छ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद लक्ष्मणलाल कर्णले लगातार संसद बैठक अवरुद्ध हुनु राम्रो नभएको बताए। उनले यो विषयलाई गम्भीरतापूर्वक छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा राखे।
कांग्रेसको अवरोधकै कारण आजपनि संसद बैठक स्थगित भएको छ। बैठक अब २८ माघ दिउँसो १ बजे बस्नेछ।
" /> काठमाडौं। पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङले अदालतमा प्रवेश गरेको विषयमा संसदमा प्रश्न उठाउन नपाइने बताएका छन्।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अख्तियारले हालै विजयकुमार गच्छदारसहित १७५ जनालाई मुद्दा चलाएको विरोधमा चौंथोपटक संसद अवरुद्ध गरेपछि नेम्वाङको यस्तो प्रतिक्रिया आएको हो।

">