म तपाईंलाई चिन्दिनँ। तर, मलाई थाहा छ, तपाईं इन्टरनेटको पहुँचमा हुनुहुन्छ र यो लेख पढ्ने जति समय तपाईंसँग छ।
यो सुन्दा त सामान्य नै सुनिन्छ। तर, तपाईंबारेको यो सामान्य जानकारीले दुईवटा महत्वपूर्ण तथ्य बताउँछन्। एक, तपाईं संसारका माथिल्ला आधा जनसंख्यामध्ये हुनुहुन्छ। किनभने आधा मानिस अहिलेसम्म इन्टरनेटको पहुँचमा छैनन्। दुई, तपाईं अनलाइनको सहारामा यो लेख पढिरहनुभएको छ अर्थात् तपाईं सामान्य आवश्यकता पूरा गर्न सक्ने हैसियतमा हुनुहुन्छ।
तपाईं कम्तिमा दुई छाक खाइरहनुभएको छ। जे जस्तो भए पनि खुला आकाशमुनि हुनुहुन्न। तपाईंको निम्ति यो भन्दा उत्तम जिन्दगीको शत्रु मूलतः आधारभुत आवश्यकताको कमी होइन। तपाईं केही अमूर्त शत्रुहरूसँग जुधिरहनुभएको छ, जस्तैः अल्छिपना, दिक्दारी, आत्मसंशय।
यी सबै चुनौतीसँग जुध्ने एउटै उपाय छ।
तपाईं अल्छी हुनुहुन्न। दिक्दार पनि हुनुहुन्न। अरु सबैमा जस्तै तपाईंमा पनि एउटा समस्या छ, तपाईं डराउनुभएको छ। र, यो डर जित्ने एउटै सामान्य उपाय छ– जे गर्न खोजेको हो, गरौं।
तपाईं उत्साहहीन हुनुहुन्न
“ममा केही गर्ने उत्साह नै छैन।”
यो सही वाक्य होइन। कोही पनि मानिस केहीका लागि पनि उत्साहहीन भन्ने नै हुँदैन। त्यसैले प्रश्न उठ्छ– केका लागि उत्साह छैन ? कामका लागि ? यदि त्यसो हो भने तपाईंमा काम पन्छाउने उत्साह त हुन्छ नि। त्यसैले तपाईंमा उत्साह सधैँभरी हुन्छ।
अहिले गरिरहेको कामलाई हरपल घृणा गर्नुहुन्छ भने तपाईंसँग काम परिवर्तन गर्ने उत्साह त हुन्छ। यदि त्यो उत्साह पनि हुँदैन भने तपाईंलाई केही न केहीले रोकिराखेको छ। केही कारणले तपाईं परिवर्तन असम्भव छ भन्ठान्नुहुन्छ। हुनसक्छ, काम परिवर्तन गर्ने प्रक्रियाका कारण तपाईं रोकिइरहनुभएको छ।
अर्को काम यो भन्दा पनि दिक्कलाग्दो भय हुनसक्छ। यस्तै शंकाका कारण तपाईंले प्रयास नै नगरिरहनुभएको पनि हुनसक्छ। यसको अर्थ तपाईंमा उत्साह नै छैन भन्ने चाहिँ होइन।
अल्छिपना पनि मानिसहरूको लागि एउटा बहाना भएको छ। जब कसैले ‘दिक्क लाग्यो’ भन्छ, मानिसहरू प्रतिटिप्पणी गर्छन्, “तँ दिक्कलाग्दो छस्।”
तपाईं दिक्दार हुनुहुन्न
एकपटक म ‘टिन्डर’मा एकजना महिलासँग च्याटमा जोडिएको थिएँ। उनी विजनेश स्कुलमा काम गर्थिन्। तर, फेसन पढेर आफ्नै कम्पनी शुरू गर्न चाहन्थिन्।
मैले उनलाई यो एप किन प्रयोग गरिरहेछु भनेर सोधेँ। उनले सबैले बोल्नेजस्तै झुठ बोलिन्– “म दिक्दार भएँ।’
मलाई कसरी थाहा हुन्छ यो झुठ हो भन्ने ? किनभने कोही पनि मानिस दिक्दार हुँदैन। कोही पनि दिक्दार हुने कारण नै हुँदैन। समस्या के हो भने, हामीले प्रयास गर्ने विकल्प नै रोज्दैनौं।
महान् वैज्ञानिक पास्कलले भनेका थिए– “सबै मानवीय समस्या मानिस एक्लै चुपचाप बस्न नसक्ने असमर्थताका कारण उब्जेको हो।”
तपाईं दिक्दार हुनुहुन्न। तपाईंले केवल एक्लै हुन्छु कि भन्ने डर पाल्नुभएको हो।
तपाईं अल्छि हुनुहुन्न

त्यसपछि मानिसहरू बहाना बनाउँछन्, अल्छि लाग्यो।
माफ गर्नुहोस्, तपाईं झुठ बोल्दै हुनुहुन्छ। तपाईंलाई अल्छि लागेको होइन। तपाईंले आफ्नो रूचिको काम नभेटाउनुभएको मात्र हो।
मनोविज्ञानका प्राध्यापक डेभन प्राइस भन्छन्, “कोही पनि अक्षम, उदास र अप्रभावकारी देखिन चाहँदैन। यदि तपाईंले कसैलाई अल्छि देखिरहनुभएको छ भने मुख्य पाटो छुटाइरहनुभएको हुनसक्छ।”
ऊ अल्छी होइन, तर उसले आत्मविश्वास गुमाएको हुनसक्छ।
लक्षणहरूको उपचार गरौं
अल्छिपना, दिक्दारी, आत्मसंशय सबै एउटै रोगका लक्षण हुन्। हामी सबैसँग अन्तर्निहित ऊर्जा छ। त्यो ऊर्जा जगाउन सक्नुपर्छ। तर, हामीभित्रको डरले त्यो ऊर्जा जाग्न सकिरहेको छैन।
डर भनेको कुकुर जस्तै हो। कुकुर भुकिरहन्छ। कुनै दिन तपाईंलाई टोक्न पनि सक्छ। तर, कुकुरले भुक्यो भनेर तपाईं हिँड्नै त छोड्नुहुन्न। तपाईं त हिँडिरहनुहुन्छ भने अरु डरका कारण किन रोकिनुहुन्छ ? हिँड्नुस। अघि बढ्नुहोस्।
कुकुर त भुकिरहन्छ नि !
मानिसका डरका कारण अनगिन्ति हुन्छन्।
तपाईंलाई विमान दुर्घटना भएर वा लुटेराको आक्रमणमा वा कोरोना भाइरसका कारण मर्छु कि भन्ने डर हुनसक्छ। तपाईंलाई आफ्नो रूप नराम्रो छ त्यसैले एक्लै हुन्छु कि भन्ने डर लाग्नसक्छ।
तपाईंलाई आफ्नो किताबको पहिलो पाठ लेख्न डर लाग्नसक्छ– कतै यो कसैले नपढिदिने हो कि ? तर तपाईं १० घण्टासम्म ‘गेम्स अफ् थ्रोन्स’ हेर्न पनि डराउनुुहुन्छ। तपाईंलाई कहिल्यै धनी बन्दिनँ कि भन्ने डर लाग्छ। सँगसँगै तपाईंलाई कतै भएको गुम्ने हो कि भन्ने डर पनि लाग्छ।
म यस्ता डरहरूको सूची दिनभर बनाउन सक्छु।
असफलताको डर, सफलताको डर, मुर्ख देखिने डर, कसैलाई गुमाउने डर, केही हराउने डर, समय नोक्सान हुने डर, आकर्षक नहुने डर आदि।
तपाईं यी डर हटाउन अनेक उपाय लगाउनुहुन्छ। तर, फेरि कुनै न कुनै डर जन्मिहाल्छ।

उपचार
कसैको पनि डर कसरी हटाउने भन्न त म सक्दिनँ। म मनोवैज्ञानिक पनि होइन। मैले त्यस्तो तालिम पनि लिएको छैन। तर, तपाईंले जस्तै मैले पनि सिंगो जीवन डरैडरमा गुजारेको छु। र, कसैगरी मेरो रूचिको काम गर्ने स्थानमा आइपुगेको छु।
मेरो एउटै सुत्र छ– ‘जे गर्न खोजेको हो, गरिहालौं।’
मानिसहरूले यो सुत्र कति गहिरो छ भन्ने बुझ्दैनन्। “गरिहालौं भन्न जति सजिलो छ, गर्न त्यति नै सजिलो भए त जसले पनि गरिहाल्थे नि।”
त्यति सजिलो कहाँ छ र ?
दुई हजार वर्ष पहिले मार्कस अउरिलसले आफैसँग भनेका थिए, “तपाईंले आफ्नो जीवन एकपछि अर्को कामबाट बनाउँदै जाने हो। एकैपटक लक्ष्य हासिल हुँदैन। त्यसका लागि त निरन्तर यात्रा गर्ने हो।”
यही नै सिंगो रणनीति हो। तपाईंसँग कुनै पनि काम गर्दा सम्पूर्ण तस्वीर हुँदैन। देख्न सकिने क्षितिजसम्मको नक्सा कोर्दै अघि बढ्ने हो।
हामी सबै भयभीत छौं तैपनि यहाँसम्म त आइपुगेका छौं भने अघि बढ्न किन डराउने ?
लौ गरिहालौं– रणनीतिको रूपमा
कुनै पनि उद्देश्य हासिल गर्न बनाइने दूरगामी योजना नै रणनीति हो। तपाईं आफ्ना मान्यताहरूका आधारमा लक्ष्य तय गर्नुहुन्छ र त्यसका लागि लागिपर्नु हुन्छ।
तपाईंलाई दिन सकिने एउटै सल्लाह हुन्छ– लौ गरिहाल्नोस्।
किनभने यो भन्दा उत्तम अर्को उपाय हुनसक्दैन। हो, तपाईं एक्लै हुन सक्नुहुन्छ तर, तपाईं कसरी गर्ने भन्ने योजना बुन्न स्वतन्त्र पनि त हुनुहुन्छ। तपाईंले गल्ति गर्न सक्नुहुन्छ। तर, यसो सोच्नोस् त, यो सिंगो जगतमा तपाईं जुन परिस्थितमा हुनुहुन्छ, त्यसमा त्यो भन्दा उत्तम उपाय सुझाउने पनि त कोही हुँदैन। त्यसैले जे गर्न खोजेको हो त्यो गर्ने बाहेक अर्को समाधान हुँदैन।
आफैसँग वाचा गर्नुहोस्
सफलता पाउन केही वाचा आफैंसँग गर्नुहोस्। आफैंलाई ढुक्क बनाउनुहोस्। तपाईं उत्साहहीन हुनुहुन्न। तपाईं अल्छि हुनुहुन्न। तपाईं दिक्दार हुनुहुन्न। तपाईं भयभीत हुनुहुन्न।

-‘मिडियम डट कम’बाट