नेपालको बिजुली किन्न बंगलादेशको आशयपत्र

काठमाडौं। माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरले यहाँ उत्पादिन विद्युत बंगलादेश निकासी गर्न आशयपत्र पाएको छ।

योसँगै नेपालको बिजुली भारत हुँदै बंगलादेशमा बिक्री गर्न (त्रिदेशीय विद्युत व्यापार) को बाटो खुलेको छ।

आशयपत्र दिने बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग छिट्टै विद्युत खरीद सम्झौता (पीपीए) को टुंगो लगाउन गृहकार्य भइरहेको जीएमआरले जनाएको छ।

उसले वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) अघि बढाउन सकिने उल्लेख गरेको छ।

जीएमआरले ५० लाख अमेरिकी डलरको वित्तीय स्रोत बैंकहरूमार्फत जुटाउन पहल गरिरहेको आयोजना प्रमुख केके शर्माले बताए।

उनका अनुसार बंगलादेशको कानून मन्त्रालय र बंगलादेश बैंक (केन्द्रीय बैंक) को स्वीकृतिपछि फेरि एक करोड ५० लाख डलरको बैंक ग्यारेन्टी प्राप्त हुनेछ।

जीएमआरले बोर्डलाई बैंक ग्यारेन्टीसहित विद्युत आपूर्तिको प्रतिबद्धता गर्नेछ।

बंगलादेशको मन्त्रिपरिषद्ले नेपालमा उत्पादन हुने, जीएमआरद्वारा प्रवद्र्धित माथिल्लो कर्णालीको बिजुली ५०० मेगावाट खरीद गर्न बोर्डलाई अनुमति दिइसकेको छ।

सोही आधारमा बोर्डले आशयपत्र जारी गरेको आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ।

प्रतिक्रिया दिनुहोस्