भोजपुर। अरुण नदीको सतिघाटमा फेरी राखिएसँगै भोजपुरको उत्तरी भेगका वासिन्दाको तराई तथा छिमेकी जिल्ला संखुवासभासँग जोडिने वर्षौदेखिको सपना पुरा भएको छ।
दिङ्ला क्षेत्रमा सवारी शुरू भएको १० वर्षभन्दा बढी भएपनि अरुण नदीमा पुल नहुँदा गाडी वारपार हुन सकिरहेको थिएन।
फेरीबाट षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका वासिन्दासमेतले प्रत्यक्ष लाभ लिने स्थानीय सुरेन्द्र उदाशले देखापढीलाई बताए।
अब तराईदेखि दैनिक आवतजावत गर्ने सवारी सिधै फेरीबाट तार्न सकिनेछ।
दैनिक २०० बढी सवारी साधन आवत जावत गर्ने अनुमान गरिएको बताउँदै षडानन्द नगरपालिकाका मेयर बीरबल राईले नगरसभाबाट छिट्टै शुल्क निर्धारण गरिने बताए।
भोजपुर र संखुवासभालाई पनि यसले सिधा जोडेको छ।
भोजपुरका संघीय सांसद सुदन किराँतीले फेरीको उद्घाटन गरेका छन्।
फेरी निर्माणमा दुई करोड पाँच लाख रूपैयाँ खर्च गरिएको छ।
जसमा संघीय सांसद सुदन राई र प्रदेश सांसद राजेन्द्र राईको क्षेत्र विकास कोषबाट ६४ लाख र बाँकी षडानन्द नगरपालिकाले लगानी गरेको छ।
नगरपालिकाकी उपमेयर मेरिका राईले धेरै वर्षदेखि स्थानीय भोग्दै आएको समस्या तत्कालका लागि समाधान भएको भन्दै दीर्घकालीन सुविधाको लागि पक्की पुल निर्माणमा नगरपालिकाले पहल गर्ने बताएकी छन्।
लम्सुवाघाटमा पक्की पुल निर्माणको काम तीन वर्षभित्र सक्ने गरी स्वच्छन्द निर्माण कम्पनीले २५ असारमा सम्झौता गरेपनि नदीमा पिलर गाडेर अलपत्र छाडिएको छ।
" /> भोजपुर। अरुण नदीको सतिघाटमा फेरी राखिएसँगै भोजपुरको उत्तरी भेगका वासिन्दाको तराई तथा छिमेकी जिल्ला संखुवासभासँग जोडिने वर्षौदेखिको सपना पुरा भएको छ।दिङ्ला क्षेत्रमा सवारी शुरू भएको १० वर्षभन्दा बढी भएपनि अरुण नदीमा पुल नहुँदा गाडी वारपार हुन सकिरहेको थिएन।

">