किमाथांका भन्सार कार्यालयको काम १८ वर्षदेखि सदरमुकामबाटै
खाँदबारी। झण्डै दुई दशकदेखि चीनसँग जोडिएको किमाथांका सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारी मै रहँदा सेवाग्राहीले सास्ती खेपिरहेका छन्।

भन्सार कार्यालय सदरमुकाममा नै भएकोले पाँच दिन हिँडेर राजश्व बुझाउन आउनुपर्दा झन्झटिलो र सास्ती भएको सेवाग्राहीको गुनासो छ।

किमाथांका नाकाबाट चौपाया, खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, विद्युतीय, जुडिबुटीलगायत सामान आउँछ।

सो नाकाबाट ८० प्रतिशतभन्दा बढी  चौरीको पुच्छर आयात हुने गरेको सीमा भन्सार कार्यालयले जनाएको छ ।

भोटखोला गाउँपालिकाको किमाथांका विकट र दुर्गम स्थान भएकाले दैनिक उपभोग्य सामान र व्यापारका लागि सदरमुकाम खाँदबारीभन्दा चीनसँग भर पर्नुपर्छ।

किमाथांका, चेपुवा, हटिया, च्याताङ, चेपुवा, रिदाक, थुदामलगायतका वासिन्दा पनि यहिँ निर्भर छन्।

तिब्बतबाट ल्याएको चौरीको पुच्छर सीमामा राखेर भन्सार तिर्न हप्ता दिन लगाएर खाँदबारी आउनु परेको भोटखोला गाउँपालिका–२ का सोप्पा भोटेले बताए।

तीन हजार २५४ रूपैयाँ आयात भन्सार शुल्क तिर्न आउँदा १५ हजार रूपैयाँ खर्च भएको उनको भनाइ छ।

भन्सार कार्यालयले आवतजावत गर्न एक हप्ताको प्रज्ञापनपत्र दिने गरेको छ।

उक्त पत्रमा उल्लेख भएको विवरण जिल्ला प्रहरीले किमाथांका सीमा प्रहरी कार्यालयलाई जानकारी गराएपछि सीमा प्रहरीले सामग्री आयात तथा निर्यात गर्न दिन्छ।

प्रज्ञापनपत्र सीमामा नै दिने व्यवस्था मिलाएर आयात तथा निर्यात हुने सामग्रीको अनुगमन गरिनुपर्ने स्थानीयको माग छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्