काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारमाथिको भ्रष्टाचार मुद्दाविरुद्धको आन्दोलनको थप रणनीति तय गर्न केन्द्रीय समिति बैठक डाकेको छ।
राजनीतिक प्रतिशोध साँध्न सत्ता र नेकपाको प्रभावमा विभेदपूर्ण ढंगले मुद्दा चलाइएको भन्दै कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ।
त्यस्तै सडकमा पनि विरोध गरिरहेको छ।
आज बस्ने केन्द्रीय समितिको बैठकले आन्दोलनको स्वरुप कस्तो हुनेबारे थप निर्णय गर्ने एक नेताले बताए।
आज दिउँसो २ बजे कांग्रेस पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक तय गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले देखापढीलाई बताए।
"अख्तियारको पछिल्लो कदम, सरकारको काम र १४ औं महाधिवेशनमा बैठक केन्द्रित हुनेछ", आजको बैठकको मुख्य अजेण्डाबारे पौडेलले जानकारी गराए।
ललिता निवास जग्गा किनबेचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति एवं पूर्वउपप्रधानमन्त्री गच्छदारसहित तीन पूर्वमन्त्री, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारमाथिको भ्रष्टाचार मुद्दाविरुद्धको आन्दोलनको थप रणनीति तय गर्न केन्द्रीय समिति बैठक डाकेको छ।राजनीतिक प्रतिशोध साँध्न सत्ता र नेकपाको प्रभावमा विभेदपूर्ण ढंगले मुद्दा चलाइएको भन्दै कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ।

">