काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन(सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले आज सिंहरबारस्थित तिमिल्सिनाको सचिवालयमा उनीसँग भेटवार्ता गरेको हो।
भेटका क्रममा नेपाल र क्यानडाबीचको संसदीय सहकार्य लगायत विषयमा कुराकानी भएको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले संसदीय सम्बन्धमा यो अहिले सम्मकै उच्चस्तरीय भ्रमण भएको तथा भेटवार्ताले संसदीय अभ्यास र सिकाईको आदान प्रदान र सहयोगमा ठूलो महत्व राख्ने बताए।
सचिव फुयाँलका अनुसार, भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए।
दुवै देशका संसदमा संसदीयमैत्री समूह गठन भएकोमा खुशी व्यक्त गर्दै संसद मैत्रीसमूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरे।
उनले नेपालका प्रथामिकता र उद्देश्यमा क्यानडा लगायत अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको अपेक्षा गरेको बताए।
भेटका क्रममा क्यानडाका सभामुख जर्जजे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताए। क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता जनाए।
उनले क्यानडाको तर्फबाट संयुक्त राष्ट्रसंघमा उम्मेद्वारी रहेको र त्यसमा नेपालबाट सहयोगको अपेक्षा समेत गरेको सचिव फुयाँलले जानकारी दिए।
सभामुख फ्युरी नेतृत्वको टोलीले भोलि, २८ माघमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि भेटघाट गर्ने कार्यतालिका छ।
" /> काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन(सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ।राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले आज सिंहरबारस्थित तिमिल्सिनाको सचिवालयमा उनीसँग भेटवार्ता गरेको हो।

">