प्रदेश १: प्रदेश सभा आज पनि अवरुद्ध

विराटनगर। प्रदेश १ को प्रदेश सभा आज पनि अवरुद्ध भएको छ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले गरेको निर्णय विभेद्कारी भएको भन्दै नेपाली कांग्रेसले आज पनि प्रदेश सभा अवरुद्ध गरेको हो।

ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई, माधव नेपाल, मुख्य सचिव लीलामणि पौडेल, नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएको भन्दै प्रदेश सभा अवरुद्ध गरिएको नेपाली कांग्रेसका प्रदेश सभा सचेतक सुयर्माराज राईले बताए।

आज सदन शुरू हुने बित्तिकै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू उठेका थिए।

सभामुख प्रदीपकुमार भण्डारीले ललिता निवास प्रकरण यस सदनबाट नटु‌ंगिने भन्दै सदन सञ्चालनका लागि अनुरोध गरेका थिए। तर, कांग्रेसका प्रेदश सभा सदस्यहरू नबसेपछि सभा स्थगित गर्दै २८ माघ दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्