काठमाडौं। चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले तीन नयाँ आयोजनाको सम्भाव्यता अध्ययन शुरू गरेको छ।
२७० मेगावाटका चार ठूला आयोजना निर्माण गरिरहेको चिलिमेले थप तीन आयोजनाको सम्भाव्यता अध्ययन शुरू गरेको हो।
सम्भाव्यता अध्ययन शुरू भएका तीन जलविद्युत् आयोजनाहरूको कूल उत्पादन क्षमता ५४५ मेगावाट हुन्छ।
उक्त क्षमताको तीन आयोजनाहरूको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले सुदूरपश्चिमको बझाङमा रहेको ६५ मेगावाट क्षमताको सेती नदी–३, ४२० मेगावाटको बुढीगण्डकी प्रोक क्यासकेड र ६० मेगावाट क्षमताको स्यारखोला आयोजनाको डीपीआर तयारी गरिरहेको छ।
सबै आयोजना सहायक कम्पनीमार्फत् निर्माण हुने छन्। तीनैवटा आयोजनाहरू सरकारको जनताको जलविद्युत्मा परेका कारण लगानी जुटाउन सर्वसाधारणलाई ४९ प्रतिशत सेयर विक्री गरिने बताइएको छ।
आयोजना बनाउन कर्मचारी सञ्चय कोषबाट ऋण लिने तयारी समेत कम्पनीले गरेको छ। १११ मेगावाटको रसुवागढी र १४ मेगावाटको माथिल्लो सान्जेन आयोजना आउँदो असारसम्म सम्पन्न हुने छ।
यस्तै, ४२ मेगावाटको तल्लो सान्जेन र १०२ मेगावाटको मध्यभोटेकोशी आयोजनाले डेढ वर्षभित्र बिजुली उत्पादन गर्ने छन्।
कम्पनीले हाल २२ मेगावाटको चिलिमे आयोजना सञ्चालन गरिरहेको छ।
" /> काठमाडौं। चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले तीन नयाँ आयोजनाको सम्भाव्यता अध्ययन शुरू गरेको छ।२७० मेगावाटका चार ठूला आयोजना निर्माण गरिरहेको चिलिमेले थप तीन आयोजनाको सम्भाव्यता अध्ययन शुरू गरेको हो।

">