नुवाकाेट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

किस्पाङ गाउँपालिका-३, काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको आज उद्घाटन गर्दै उनले विद्यालयमा सुविधा सम्पन्न नयाँ भवनको निर्माणले अब शिक्षामा गुणस्तर र दक्ष जनशक्ति उत्पादनमा थप ऊर्जा थपिने विश्वास व्यक्त गरे।

उनले नेपाल जस्तो पछि परेको राष्ट्र मात्र नभई विकसित अमेरिका र युरोपका राष्ट्रले शिक्षा नै प्राथमिकतामा राख्ने गरेका अनुभवले पनि शिक्षित जनशक्ति उत्पादन नभई समृद्धिको सपना पूरा हुन नसक्ने बताए।

“आगामी तीन वर्षमा गुणात्मक प्रगति गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराउनुपर्ने कार्यभार शिक्षाका माध्यमबाट मात्रै सकिने आशा लिएका छौ‌ं”, उनले भने।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विद्यालय, सडक, जलविद्युतलगायतका भौतिक पूर्वाधारले मात्र समृद्धि प्राप्त नहुने भएकाले शिक्षा र सीप लगायतका मानवीय दक्षताको पूर्वाधार विकासमा आफ्ना सन्ततिलाई केन्द्रित गराउन सुझाव दिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक दिलीपशेखर श्रेष्ठले भूकम्पले क्षति पुर्‍याएकामध्ये सात हजार ५०० क्षतिग्रस्त विद्यालयमध्ये पाँच हजार ५०० को पुनर्निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माणको प्रक्रियामा रहेकाे बताए। उनले नुवाकोटमा ४५३ विद्यालयमध्ये ३६४ को पुनर्निर्माण सम्पन्न भइसकेको र २६ विद्यालय जग्गा अभावमा निर्माणमा समस्या भएकाले सामुदायिक विद्यालयका लागि समुदायबाट जग्गा उपलब्ध गराउन अपिल गरे।

उक्त विद्यालयको १५ कोठ नयाँ भवन तीन करोड ९५ लाख रूपैयाँ लगानीमा जोशी–काङ्ग्री निर्माण व्यवसायीले तोकिएको अवधि भन्दा एक महीनाअघि नै निर्माण सम्पन्न गरेको भारतीय राजदूतावासबाट सञ्चालित सहयोग अनुदान शाखाका सचिव शुचिता किशोरले बताए। भारतीय सहयोग अनुदानमा जिल्लामा थप आठ विद्यालयमा आवश्यक सबै कक्षा कोठाको निर्माण भइरहेको छ। रासस

" /> नुवाकाेट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

"> शिक्षित जनशक्ति उत्पादन नभई समृद्धिको सपना पूरा हुन सक्दैनः दाहाल: Dekhapadhi
शिक्षित जनशक्ति उत्पादन नभई समृद्धिको सपना पूरा हुन सक्दैनः दाहाल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्