नेकपा प्रवक्ता श्रेष्ठ भन्छन्- सरकारले देशको शिर झुक्ने काम गर्दैन

गोरखा। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले देशको शिर झुक्ने काम कहिल्यै नगर्ने दाबी गरेका छन्।

गोरखा नगरपालिका–९ लक्ष्मी बजारमा आज आयोजित महालक्ष्मी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तालाई कमजोर बनाउने कुनै पनि काम सरकारले नगर्ने दाबी गरेका हुन्।

“विश्वका विभिन्न ठूला–ठूला शक्तिशाली भनिएका देशहरू अरु देशको औपनिवेशिक हुँदा नेपालका हाम्रा पुर्खाहरूले हाम्रो देशलाई कहिल्यै अरुको औपनिवेशिक हुन दिएनन्”, उनले भने, “सधैँ सार्वभौम सम्पन्न, स्वाधीन राष्ट्रका रूपमा बचाइराख्नुभयो, अब हाम्रो पुस्ताले पनि त्यसलाई कमजोर हुन दिने छैन ।”

पुर्खाले जोगाएको स्वाभिमानको रक्षा गर्न वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दृढ रहेको भन्दै उनले अहिले पनि नेपालको राष्ट्रियताको रक्षा गरेर सरकार अघि बढ्ने बताए। रासस

प्रतिक्रिया दिनुहोस्