नेपाल भ्रमण वर्ष-२०२० : पहिलो महीनामै घटे पर्यटक
काठमाडौं। ‘नेपाल भ्रमण वर्ष– २०२०’ को पहिलो महीनामै नेपाल आउने पर्यटकको संख्या घटेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल भित्रिएका छन्।

गत वर्ष यही समयमा ८१ हजार २६४ जना पर्यटक नेपाल भित्रिएका थिए।

भारत तथा चीनका प्रमुख पर्यटन बजारमा भारतीय पर्यटक नघटे पनि चिनियाँ पर्यटक भने घटेका छन्।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर एक वर्षमा वीस लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

पहिलो महीना जनवरीमा भारतबाट १६ हजार ८८२ पर्यटक नेपाल आएका छन्।

आजको कारोबार दैनिकका अनुसार सन् २०१९ को यो अवधिमा भारतबाट १४ हजार ६५० जना पर्यटक नेपाल आएका थिए।

साथै, २०१९ मा १३ हजार ६८८ चिनियाँ पर्यटक नेपाल आएकोमा यो जनवरीमा १३ हजार ३०३ जना मात्र नेपाल आएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्