जाजरकोट। उपकरण र जनशक्ति अभावमा जाजरकोट अस्पतालको उपचार सेवा प्रभावित भएको छ।
आफ्नै ठाउँको अस्पतालमा सामान्य उपचार नपाउँदा जाजरकोटवासी हजारौँ रकम खर्चेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य छन् ।
दन्त चिकित्सक निशा बुढामगर सुत्केरी बिदामा भएको र उनको ठाउँमा अन्य चिकित्सक नहुँदाा चार महीनादेखि दाँतसम्बन्धी उपचार ठप्प छ।
सामान्य खालका शल्यक्रिया गर्ने, शल्यक्रियासहितको प्रसूति सेवाको लागि आएका चिकित्सक महेश सिलवाल पनि पूर्वाधार र शल्यक्रियाका लागि चाहिने जनशक्ति नभएको गुनासो गर्दै जिल्ला छाडेर हिँडेका छन्।
छात्रवृत्ति कोटामा पढेका सिलवाललाई स्वास्थ्य मन्त्रालयले दुई वर्षका करारमा नियुक्त गरेर पठाएको थियो।
सात विशेषज्ञ चिकित्सकसहित ६५ स्वास्थ्यकर्मीको दरबन्दी रहेको जाजरकोट अस्पतालमा अहिले १८ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन्।
छात्रवृत्ति करार सेवामा कार्यरत मेडिकल अधिकृतले दुई वर्षअघिको अतिरिक्त सेवाको भत्ता नभएको भन्दै कामसमेत प्रभावित पारेका छन्।
छात्रवृत्ति करार सेवामा चार जना चिकित्सक कार्यरत् छन् ।
उनीहरुले भिडिओ एक्सरे सेवा बन्द गरिदिएका छन्। ल्याव सेवामा पनि स्वास्थ्यकर्मी नहुँदा बन्द छ ।
अस्पताल विकास समितिबाट पाउनुपर्ने अतिरिक्त समय काम गरेको भत्ता नपाउँदासम्म विरोधस्वरुप आफूहरुले एक्सरे सेवा नदिने निर्णय गरेको डा. भूपेन्द्रप्रकाश मल्लले बताए ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अस्पतालको सेवा अस्तव्यस्त भएको स्वीकार गरे।
“विशेषज्ञ चिकित्सकको पदपूर्ति हुँदैन। अन्य स्वास्थ्यकर्मी पनि रित्तिँदै गएका छन्। नयाँ पदपूर्ति हुँदैन, कसरी सेवा प्रभावकारी बनाउने ?”, उनले भने, “चिकित्सकहरुले अतिरिक्त काम गरेको करीब पाँच लाख रकम नै भुक्तानी दिन बाँकी छ।”
चार वर्षअघि १५ शैय्याबाट विस्तार गरी ५० शैय्या बनाइएको जाजरकोट अस्पतालमा स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियनसमेत सात विशेषज्ञ, तीन मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ ।
त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याव टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक तीनै जना रिक्त रहेका छन्।
आठ जना स्टाफ नर्सको दरबन्दीमा सातजना रिक्त छन्।
पदपूर्तिका लागि सम्बन्धित निकायमा पहल गरे पनि सुनुवाइ नभएको जैसीको गुनासो छ।
अस्पतालमा भरपर्दो सेवाप्रवाह हुन नसकेपछि एक महीनादेखि एक जना पनि बिरामी भर्ना गरिएको छैन।
फार्मेसीमा कतिपय अत्यावश्यक औषधिसमेत छैन ।
हेमन्त केसी/जाजरकोट
" /> जाजरकोट। उपकरण र जनशक्ति अभावमा जाजरकोट अस्पतालको उपचार सेवा प्रभावित भएको छ।आफ्नै ठाउँको अस्पतालमा सामान्य उपचार नपाउँदा जाजरकोटवासी हजारौँ रकम खर्चेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य छन् ।

">