नयाँ आईजीपी नियुक्त गर्न साढे तीन बजे मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं। नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दैछ।

मन्त्रिपरिषद् बैठक आज दिउँसो साढे तीन बजेका लागि तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीलाई बताए।

प्रहरी महानिरीक्षकबारे निर्णय गर्न २७ माघमा बसेको मन्त्रिपरिषद् बैठक आज पुनः बस्ने गरी निर्णय नगरी सकिएको थियो।

स्रोतका अनुसार बैठकमा ३० वर्षे सेवा अवधिको प्रावधान कायमै राख्ने वा ३० वर्षे प्रावधान हटाउने भन्नेबारे निर्णयमा पुग्न नसक्दा नयाँ आईजीपी नियुक्तिबारे निर्णय हुन नसकेको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधिका कारण आजदेखि अवकाश पाउँदैछन्।

प्रहरी नियमावलीअनुसार आईजीपी खनालको ब्याचका तीन जना एआइजी र डिआईजीहरूले पनि खनालसँगै अवकाश पाउनेछन्।

३० वर्षे प्रावधान कायमै रहँदा वर्तमान डीआइजीहरू ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एकजना आईजीपी नियुक्त हुनेछन्।

३० वर्षे प्रावधान हटाएमा चाहिँ वर्तमान आईजीपी सर्वेन्द्र खनालकै ब्याचका एआईजीहरू पनि नेतृत्वका दाबेदार हुनेछन्।

प्रतिक्रिया दिनुहोस्