कार्डमार्फत सामानको भुक्तानी गरे अब १० प्रतिशत रकम फिर्ता
काठमाडौं। आजदेखि विद्युतीय माध्यमबाट भुक्तानी गरे कुल भुक्तनीको १० प्रतिशत रकम फिर्ता हुने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता गर्ने प्रणालीको शुरूआत गरे।

अब कुनै वस्तु तथा सेवा खरीद गरेपछि कार्डमार्फत भुक्तानी गर्दा भ्याटबापतको १० प्रतिशत रकम आफ्नै बैंक खातामा जम्मा हुनेछ।

यस वर्षको बजेटमै सरकारले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरीद गर्दा त्यसको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता दिने घोषणा गरेको थियो।

आन्तरिक राजश्व विभागले यसअघि नै ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया, २०७६’ जारी गरिसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्