आजदेखि संसद अवरोध नगर्ने कांग्रेस संसदीय दलको निर्णय
काठमाडौं। बालुवाटार जग्गा प्रकरणमा आफ्ना उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टचार मुद्दा चलाइएपछि संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आजको प्रतिनिधि सभा बैठक भने अवरुद्ध नगर्ने भएको छ।
आज दिउँसो एक बजे  प्रतिनिधि सभाको बैठक बस्दैछ।
नेपाली कांग्रेस संसदीय दलको भर्खरै सकिएको बैठकले ललिता निवास प्रकरणमा आफूले उठाएको अजेण्डालाई शान्तिपूर्ण रूपमा उठाइरहने र संसदलाई चल्न दिने निर्णय गरिएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले देखापढीलाई बताइन्।
भुषालले सडक र सदनबाट शान्तिपूर्ण संघर्षलाई भने जारी राख्ने जानकारी दिइन्।
नेपाली कांग्रेसले सत्ता र नेकपाको प्रभावमा राजनीतिक प्रतिशोध साँध्न अख्तियारले आफ्ना नेतामाथि भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै यसअघिका चारवटा बैठक अवरुद्ध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्