ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त हुँदै
काठमाडौं। नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवाली नियुक्त हुने भएका छन्।

हाल प्रदेश १ प्रहरी कार्यालय प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई अहिले केहीबेरमा बस्ने मन्त्रिपरिषद बैठकले नयाँ प्रहरी प्रमुख बनाउने निर्णय गर्नेछ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकको तयारी हुँदैछ।

प्रहरी नियमावलीको ३० वर्षे सेवा अवधिसम्बन्धी प्रावधानका कारण आईजीपी सर्वेन्द्र खनालले आजदेखि अवकाश पाउँदैछन्।

प्रहरी नियमावलीको यही प्रावधानलाई निरन्तरता दिने वा नियमावली संशोधन गरेर हटाउने भन्नेबारे टुंगोमा पुग्न नसक्दा २७ माघको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्न सकेको थिएन।

नियमावली संशोधन गरेर ३० वर्षे सेवाअवधिको प्रावधान हटाइएको भए वर्तमान आईजीपी खनालले नै निरन्तरता पाउने वा उनको व्याचका एआईजीमध्येबाट नयाँ आईजीपी बन्ने सम्भावना रहन्थ्यो।

नियमावली फेरिने सम्भावना नरहेकाले खनालको व्याचका एआईजी र डीआईजीहरू सबैले एकसाथ अवकाश पाउँदैछन्। र, त्यसपछि कायम रहने डीआईजीमध्येबाट बरिष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी बनाउन लागिएको हो।

“आईजीपीबारेको अन्योल अब टुंगिएको छ, आजै यसबारे निर्णय हुँदैछ”, मन्त्रिपरिषद कार्यालय स्रोतले देखापढीसँग भन्यो।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीको फाइल टिप्पणी उठाउन मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिइसकेका छन्।

आईजीपी नियुक्त हुने भएपछि ज्ञवाली अहिले केहीबेरेमा विराटनगरबाट काठमाडौं आइपुग्दैछन्। नियुक्त भएपछि ज्ञवाली आउँदाे असारसम्म आइजीपी रहनेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्