काठमाडौं। नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तटस्थ रूपमा काम नगरेको आरोप लगाएकी छन्।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउन क्षेत्राधिकार मिचेर निर्णय गरेको आरोपमा अख्तियारले कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छेदारलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
त्यसैको विरोधमा संसद अवरुद्ध गर्दै आएको कांग्रेसको संसदीय दलले आजदेखि संसद अवरुद्ध नगर्ने निर्णय गरेको थियो।
सचेतक भुषालले संसदीय दलको बैठकले ललिता निवास प्रकरणमा आफूले उठाएको अजेण्डालाई शान्तिपूर्ण रूपमा उठाइरहने र संसदलाई चल्न दिने निर्णय गरिएको बताएकी थिइन्।
संसदमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारबाट प्रभावित भएर काम गरेको आरोप लगाइन्।
“उही विषयसँग जोडिएका कसैलाई जग्गा फिर्ता गर्ने शर्तमा मुद्दा चलाइएन, कसैलाई मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै छाडियो। तर, राजनीतिक पूर्वाग्रहका आधारमा हाम्रा माननीय उपनेतालाई मुद्दा चलाइएको छ,” उनले भनिन्, “विजय गच्छदारले प्रधानमन्त्रीको कार्यालयबाट गुरुयोजना बनाउन भनी दिएको निर्देशनबमोजिम मात्र काम गर्नुभएको थियो, त्यो निर्णय गैरकानूनी थियो भने मूख्यसचिवले किन रोकेनन् ? उनलाई किन मुद्दा चलाइएन ?”
सरकारका प्रवक्ताले ललिता निवाससम्बन्धमा भ्रष्टाचार मुद्दा दायर हुनुलाई सरकारको ठूलो उपलब्धी भन्दै भाषण गरेको भन्दै भुषालले सञ्चारमन्त्रीको त्यही भाषणले अख्तियार सरकारको छायाँ भएको पुष्टि भएको दावी गरिन्।
“संविधानले अख्तियारलाई स्वतन्त्र र तटस्थ र संवैधानिक आयोगको रुपमा कल्पना गरेको छ,” उनले भनिन्, “आयोगले गर्ने काम सरकारको उपलब्धी हो भने अख्तियार कसरी तटस्थ र संवैधानिक आयोग भयो ?”
" /> काठमाडौं। नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तटस्थ रूपमा काम नगरेको आरोप लगाएकी छन्।बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउन क्षेत्राधिकार मिचेर निर्णय गरेको आरोपमा अख्तियारले कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छेदारलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

">