काठमाडौं। समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूले आफ्नो कार्यकालमा भएका निर्णयहरूको जिम्मा लिनुपर्ने बताएकी छन्।
आजको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भएपनि मुद्दाको छानबिन हुनुपर्ने बताएकोले सबै पूर्वप्रधानमन्त्रीहरूले आफ्नो कार्यकालमा भएका निर्णयहरूको जिम्मा लिनुपर्ने टिप्पणी गरिन्।
‘‘हाम्रो दलका संघीय परिषदका नेता पूर्वप्रधानमन्त्री माननिय बाबुराम भट्टराईको समेत यो विवादमा नाम तानिएको छ। उहाँले मेरो नाम आएर केही फरक पर्दैन अनुसन्धान गरौं भन्नुभएको छ”, गिरीले भनिन्, “म आग्रह गर्न चाहन्छु, सबै प्रधानमन्त्रीले आफ्नो क्याबिनेटले गरेका निर्णयको जिम्मा लिनुपर्छ। जनताका बीचमा लिएर छानबिन गर्नुपर्छ।”
उनले चीनको कारोना प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काउने विषयमा संसदमा आवाज उठ्नुपर्ने बेला लगातार संसद अवरुद्ध हुनु दुःखद भएको समेत बताइन्।
जीवन–मरणको अवस्थामा रहेका निर्दोष व्यक्तिहरूको उद्धारका लागि सरकारले यथाशीघ्र ध्यान दिन गिरीले ध्यानाकर्षण गरिन्।
" /> काठमाडौं। समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूले आफ्नो कार्यकालमा भएका निर्णयहरूको जिम्मा लिनुपर्ने बताएकी छन्।आजको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भएपनि मुद्दाको छानबिन हुनुपर्ने बताएकोले सबै पूर्वप्रधानमन्त्रीहरूले आफ्नो कार्यकालमा भएका निर्णयहरूको जिम्मा लिनुपर्ने टिप्पणी गरिन्।

">