सांसद्हरू ओनसरी घर्ति, उमा रेग्मी र पम्फा भूसाल ।

काठमाडौं । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कार गरेको आरोप सार्वजनिक गरेपछि महराले पदबाट राजीनामा दिइसकेका छन् । त्यसरी बलात्कारको आरोप लगाउने महिलाले अहिले कुरा फेरेकी छन् र आफूमाथि ‘केही नभएको’ दाबी पनि गरेकी छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकको निर्णय, त्यही निर्णयबमोजिम महराको राजीनामा र त्यसपछि पीडित ‘होस्टाइल’ भएका सम्पूर्ण घटनाक्रम हिजो अर्थात् १४ असोजमा विकास भएका हुन् । तर ‘पीडित’ ले आफू बलात्कृत भएको भनेर शुरूमा दावी गरेको घटना भने १२ असोज साँझको हो ।

घटनालगत्तै उनले नेकपाका सांसदहरू ओनसरी घर्ती मगर र पम्फा भूसाल तथा नेपाली कांग्रेसकी सांसद उमा रेग्मीलाई टेलिफोन गरेर आफू बलात्कृत भएको जानकारी गराएको बताएकी थिइन् । यद्यपी, सांसदहरू मगर र भूसालले भने ती कर्मचारीले आफूलाई फोन गरेर जानकारी दिएको भन्ने दाबी अस्वीकार गरेका छन् । सांसद रेग्मीले चाहिँ सार्वजनिक रुपमै आफूलाई राति टेलिफोन आएको र उनले बलात्कृत भएको भन्ने जानकारी दिएको उल्लेख गरेकी छन् ।

विभिन्न सञ्चारमाध्यमहरुलाई यसबारे अन्तर्वार्ता दिएकी सांसद रेगमीले हिंजो चितवनमा पत्रकार सम्मेलन गरेर पनि १२ असोजको घटनाको जानकारी आफूले पाएको बताएकी थिइन् । त्यसक्रममा उनले सभामुखले पदबाट राजीनामा दिनुपर्ने माग समेत गरेकी थिइन् ।

आज देखापढीसँगको कुराकानीमा रेग्मीले भनिन् “म बलात्कृत भएँ, न्याय चाहियो भन्दै रुँदै फोन गरेकी थिइन्, मेरा कुरामा विश्वास नलागे टेलिकमबाट कल डिटेल चेक गरे पनि हुन्छ । अब अहिले चाहिँ उनी आफैं पछाडि हटेपछि हामीले के गर्नू ?”

तर पीडितबाट घटना लगत्तै जानकारी पाएका कोही पनि सांसदले प्रहरीलाई खबर गरेनन् । घटना विवरण सार्वजनिक भएपछि नेकपाका दुई सांसदले आफूले जानकारी नै नपाएको दावी गरे । कांग्रेस सांसद रेग्मीले पनि त्यसलाई कानूनी प्रक्रियामा लैजान सहयोग गर्नु भन्दा राजनीतिक लाभका निम्ति उपयोग गर्न खोजिन् । उनले भनिन्, “हामीले महिला संघमार्फत् विज्ञप्ति जारी गरेर घटनाको छानविन र सभामुखको राजीनामाको माग गर्यौं ।”

कुनै पनि अपराध हुन लागेको वा भएको थाहा पाइसकेपछि त्यसको जानकारी नदिई बस्नुलाई पनि मुलुकी अपराध संहिताले अपराध मानेको छ । संहिताले पाएको सूचना नदिई बस्नुलाई ‘सार्वजनिक न्याय विरुद्धको कसूर’ ठानेको छ ।

संहिताको दफा ९६ (१) मा ‘कुनै कसूर भएको वा हुन लागेको छ भन्ने थाहा पाई त्यस्तो कसूरको जानकारी दिनु पर्ने कानूनी कर्तव्य भएको व्यक्तिले जानकारी नदिई बस्न वा कुनै कसूर भएको थाहा पाएको व्यक्तिले जानीजानी झुठ्ठा जानकारी दिन हुँदैन’ भन्ने व्यवस्था छ । सोही दफाको उपदफा (२) मा यस्तो ‘कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने’ व्यवस्था छ ।

त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ ले ‘कुनै कसूर भएको, भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने ब्यक्तिले त्यस्तो कसूरका सम्बन्धमा आफूसँग भएको वा आफूले देखे जाने सम्मको सवुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सूचना वा विद्युतीय माध्यमको सूचना नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र दिनु पर्ने’ व्यवस्था गरेको छ ।

अधिवक्ता रमेश बडाल घटनाबारे जानकारी पाएको व्यक्तिमा उक्त अपराधबारे प्रहरीलाई खबर गरिदिनुपर्ने दायित्व हुने बताउँछन् । “सूचना पाउने व्यक्तिले त्यसको जानकारी प्रहरीलाई दिनुपर्ने कर्तव्य कानूनले नै निर्धारण गरिदिएको छ,” उनले देखपाढीसँग भने, “यस्तो दायित्व पूरा नगर्ने व्यक्ति कानून बमोजिम कारवाहीको भागिदार हुनुपर्छ ।”

"> बलात्कारको सूचना पाएर पनि प्रहरीलाई खबर नगर्ने सांसद्लाई हुन सक्छ २ वर्षसम्म कैद: Dekhapadhi
बलात्कारको सूचना पाएर पनि प्रहरीलाई खबर नगर्ने सांसद्लाई हुन सक्छ २ वर्षसम्म कैद

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्