काठमाडौं। सरकारले ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ प्रहरी कार्यालय प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले देखापढीलाई बताए।
बहालवाला आईजीपी सर्वेन्द्र खनालले आजदेखि अवकाश पाउँदैछन्।
प्रहरी नियमावलीको ३० बर्षे सेवा अवधि सम्बन्धी प्रावधानका कारण खनालका व्याची एआईजी र डीआईजीहरूले पनि आजैदेखि अवकाश पाउने भएकाले सरकारले अन्य डीआइजीमध्येबाट वरिष्ठ ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो।
२५ असार २०४७ मा प्रहरी सेवामा प्रवेश गरेका ज्ञवालीको आईजीपीका रूपमा पाँच महीनाको कार्यकाल हुनेछ।
उनले प्रहरी सेवा नियमावलीको प्रावधान अनुसार आउँदो २५ असार २०७७ मा अनिवार्य अवकाश पाउने छन्।
पढ्नुहोस्
ठाकुर ज्ञवालीलाई आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक शुरू
ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त हुँदै
" /> काठमाडौं। सरकारले ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ प्रहरी कार्यालय प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले देखापढीलाई बताए।

">