काठमाडौ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरूलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन्।
आज प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताएका हुन्। भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको उनले बताए।
कुनै व्यक्तिमा भोलिबाटै संक्रमण देखिएको अवस्थामा पनि उसलाई राख्ने र क्वारेन्टाइन गर्ने कुरामा समस्या नहुने उल्लेख गर्दै मन्त्री ढकालले चीनमा विद्यार्थीहरूलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरूलाई समेत १४ दिन क्वारेन्टाइन्मा राखिने र त्यसको सम्पूर्ण तयारी भएको बताए।
चीनबाट संक्रमितहरूलाई स्वदेश ल्याइन लागेको भन्ने भ्रमहरू हटाउनुपर्ने उल्लेख गर्दै ढकालले कुनै एकजनामा मात्रै पनि लक्षण देखिए चीनले नपठाउने र नेपाल ल्याएपछि १४ दिन नियमित परीक्षण गरिने बताए। क्वारेन्टाइन्मा परीक्षणका क्रममा कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा तत्काल राख्नका लागि विभिन्न अस्पतालहरूमा ४३ वटा आइसोलेसन बेडको व्यवस्था गरिएको उल्लेख गरे।
त्यसका लागि २४ घण्टा नै एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध रहेको मन्त्री ढकालले बताए। मन्त्री ढकालले सबै अस्पतालका प्रतिनिधिहरूलाई बोलाएर आ–आफ्नो अस्पतालमा आइसोलेसनसहितको ठाउँ छुट्याउनुपर्ने र कुनै व्यक्तिमा आशंका देखिएमा अर्को अस्पताल रिफर नगरी त्यही राखेर उपचार गर्नुपर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको बताए।
चीनमा रहेका १८० जना विद्यार्थीहरूले स्वदेश फर्किनका लागि त्यहाँस्थित नेपाली दूतावासमा फारम बुझाएका छन्।
विश्वका विभिन्न मुलुकमा ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएपनि चीनमा रहेका नेपालीमध्ये एकजनामा पनि यसको लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चीनमा रहेका १८० जना विद्यार्थीहरूले स्वदेश फर्किनका लागि त्यहाँस्थित नेपाली दूतावासमा फारम बुझाएका छन्। सरकारले सम्पूर्ण तयारी पुरा भएको बताएपनि कहिले फर्काउने भन्ने मिति भने तय गरेको छैन।
यसैबीच, समितिले चीनमा रहेका नेपाली विद्यार्थीहरूलाई नेपाल ल्याउन र नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनसक्ने सम्भावनालाई ध्यान दिई पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको छ।
चीनमा नोवल कोरोना भाइरसको संक्रमण बढ्दै गएको र मानवीय क्षति पनि बढ्दै गई विश्वभर त्रास फैलिरहेको अवस्थामा चीनमा अध्ययनरत नेपाली विद्यार्थीलगायत अन्य नेपालीलाई उचित व्यवस्था मिलाई नेपाल ल्याउन र नेपालमा कोरोना भाइरसबाट संक्रमण हुन सक्ने सम्भावित खतरालाई ध्यान दिई पूर्वतयारी अपनाउन नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।
समिति सभापति जयपूरी घर्तीले सरकारले अहिलेसम्म गरेको तयारी स्वागतयोग्य भएपनि सबै प्रदेशमा तयारीलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइन्।
सांसद उमाकान्त चौधरीले सरकारले केन्द्रमा मात्रै अस्पताललाई तयारी अवस्थामा राखेको तर, बाहिर कुनै व्यवस्था नगरेको भन्दै सरकार गम्भीर हुन नसकेको बताए। उनले सातै प्रदेशमा पूर्वतयारीको लागि सरकारले काम गर्नुपर्ने बताए।
सांसद गजेन्द्रबहादुर महतले नेपाली विद्यार्थीहरूलाई खरिपाटीमा राख्न दिनुहुँदैन भन्दै विरोध गर्न नहुने बताए। सरकारले राखेको ठाउँमा जिम्मा लिएर राख्ने भएकाले आतंकित हुने काम गर्न नहुने उनले बताए।
सांसद खगराज अधिकारीले नोवल कोरोना भाइरसको संक्रमण भएपनि एक मिटर भन्दा नजिक भएमात्र सर्न सक्ने भएकाले भक्तपुरको खरिपाटीमा राख्न हुँदैन भनेर विरोध गर्न नहुने बताए।
उनले यसअघि एक जनालाई संक्रमण देखा परेको अवस्थामा क्वारेन्टाइनमा नराखी उपचार गरिएको भन्दै त्यस्तो अवस्था फेरि आउन नदिन ध्यान दिन आग्रह गरे।
सांसद जीवनराम श्रेष्ठले चीनको हुबेई प्रान्तको वुहान सहरमा रहेका नेपालीलाई मात्र ल्याउने हो कि सबैलाई ल्याउने हो ? सरकारले प्रष्ट गर्नुपर्ने बताए। उनले सरकारले वुहानमा रहेका नेपालीहरूलाई छिटो ल्याउने व्यवस्था नगर्दा उनीहरूको परिवारमा मानसिक तनाव बढेकोले त्यसतर्फपनि ध्यान दिन आग्रह गरे।

सांसद गगन थापाले सरकारले कोरोना भाइरसको संक्रमण देखिएमा गर्ने उपचारको तयारीको विषयमा अझै प्रष्ट पार्न नसकेको आरोप लगाए। उनले चीनबाट ल्याउने विद्यार्थी लिन जाने बेलादेखि क्वारेन्टाइन गराउनेसम्मका लागि के कस्तो तयारी गरेको छ ? त्यसको जानकारी समेत प्रस्टसँग दिनुपर्ने बताए।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले चीन तर्फका सबै नाकाहरू तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र सबै पर्यटकीय क्षेत्रहरूमा हेल्प डेस्क राखि सावधानी अपनाइएको बताए। तर, विशेष प्रकारको मास्क एन९५ को अभाव भएकोले उपचारमा समस्या हुन सक्ने भन्दै विदेशबाट आयात गर्ने तयारी गरिएको समेत उनले बताए।
" /> काठमाडौ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरूलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन्।आज प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताएका हुन्। भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको उनले बताए।

">