काठमाडौं। १९औं शताब्दीको अन्त्यतिर। पोल्याण्डको राजधानी वार्सास्थित ‘वार्सा विश्वविद्यालय’। स्वर्ण पदकसहित माध्यमिक तह उत्तीर्ण गरेकी एक छात्रा विज्ञान संकायमा भर्ना हुन गइन्।

“के रे ? विज्ञान पढ्ने रे”, उनको प्रस्ताव सुनेर विश्वविद्यालयका भर्ना शाखाका अधिकारीले भने, “जाऊ, गृहविज्ञानमा भर्ना होऊ।”

विश्वविद्यालयले भर्ना गर्न अस्वीकार गरेपछि ती छात्रा अनौपचारिक माध्यमबाट पढिन्। पछि रुसको मस्कोमा पढ्न गइन्।

आज उनलाई संसारले म्याडम क्युरीका नामले चिन्छ। हो, उनै रेडियम आविष्कार गर्ने महान् वैज्ञानिक जसले भौतिकशास्त्र र रसायनशास्त्रमा गरी दुईपटक नोबल पुरस्कार प्राप्त गरिन्।

उनलाई विज्ञान संकायमा भर्ना गर्न अस्वीकार गरिएको एक शताब्दी भन्दा बढी भइसकेको छ। अहिले महिलालाई विज्ञान–प्रविधिमा कुनै रोकटोक छैन। के विज्ञान–प्रविधिमा महिलाको सहभागिता अपेक्षाकृत रूपमा बढेको छ त ?

संयुक्त राष्ट्र संघको शिक्षा र संस्कृति हेर्ने संस्था युनेस्कोले सार्वजनिक गरेको तथ्यांकअनुसार संसारभर रहेका विज्ञान क्षेत्रका अनुसन्धानकर्मीमध्ये ३० प्रतिशत मात्र महिला छन्। विश्वभर, सूचना–प्रविधि विज्ञानमा तीन प्रतिशत, प्राकृतिक विज्ञान, गणित र तथ्यांकशास्त्रमा पाँच प्रतिशत, इञ्जिनियरिङ क्षेत्रमा आठ प्रतिशत छात्रा अध्ययनरत छन्।

नेपालमा कस्तो छ त विज्ञान–प्रविधिमा महिला सहभागिता? यसको कुनै आधिकारिक तथ्याङ्क छैन्। तर, विज्ञानको क्षेत्रमा काम गर्ने प्रमुख संस्थाहरूमा कार्यरत महिलाको संख्या हेर्ने हो भने साह्रै न्यून छ।

नेपालमा विज्ञानको खोज र अनुसन्धानमा काम गर्ने मूख्य गरी तीनवटा सरकारी संस्था छन्– नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र कृषि अनुसन्धान परिषद्(नार्क)

नास्टका कर्मचारी महाशाखाका उपप्रमुख निरञ्जन आचार्यका अनुसार नास्टमा १५ जना (१३ प्रतिशत) वैज्ञानिक महिला कार्यरत छन्। नास्टमा अहिले करीब ११५ जना कर्मचारी कार्यरत रहेका छन्। नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुङ्गेल भने नास्टमा पछिल्लो समय नेतृत्वदायी पदमा महिला नै रहेको बताउँछन्।

नास्टको मुख्य वैज्ञानिक अधिकृतमा डा. कान्ति श्रेष्ठले जिम्मेवारी पाएकी छन्। त्यसैगरी, विज्ञान संकाय प्रमुखमा डा.जयश्री सिजापती, योजना तथा मूल्याङ्कन महाशाखामा वैज्ञानिक अधिकृतको रुपमा डा. निशा राणा कार्यरत छिन्।

रिकास्टमा भएका १२ जना प्राध्यापकमध्ये पाँच जना (४१ प्रतिशत) महिला प्राध्यापक छन्। रिकास्टले अनुसन्धानको क्षेत्रमा बढी केन्द्रित भएर काम गर्छ।

आजै नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)सँग आबद्ध बैज्ञानिक महिलाहरूले ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा ‘महिला वैज्ञानिक फोरम’ नेपालको गठन गरेका छन्।

नाष्टको भगिनी संस्थाको रुपमा गठन भएको फोरमले महिला वैज्ञानिकहरूलाई अनुसन्धानमा सक्रिय र प्रभावकारी बनाउँदै उत्पादनशिल बनाउन सहयोग गर्ने उद्देश्य राखेको छ।

फोरमकी वैज्ञानिक ज्योती गिरीले प्राकृतिक विज्ञान, मेडिकल साइन्स र इन्जिनियरिङ क्षेत्रमा भएका महिलाहरूलाई एकिकृत गरी उत्पादनशील क्षेत्रमा योगदान गर्न महिला वैज्ञानिकलाई उत्प्रेरित गर्ने बताइन्।

उक्त फोरमले सिनियर महिला वैज्ञानिक र आउँदै गरेका महिला बैज्ञानिकको बीचमा समन्वय गराई अनुसन्धानमा नयाँ पुस्तालाई आकर्षित गर्न सहयोग पुर्‍याउने गिरीको विश्वास छ।

नेपालको पहिलो माटो वैज्ञानिक भनेर चिनिएकी दिव्यलक्ष्मी बज्राचार्य भने पछिल्लो समय विज्ञानमा महिलाको रुचि असाध्यै बढेको बताउँछिन्।

“अध्ययन अनुसन्धानको क्रममा मैले अब्बल वैज्ञानिक महिला भेटेको छु। विज्ञानमा काम गर्न चाहने महिलाको संख्या पनि निरन्तर बढेको पाएको छु”, बज्राचार्यले भनिन्।

तर, विवाह र पारिवारिक बन्धनले भने महिलालाई काममा असाध्यै धेरै अवरोध गर्ने गरेको उनको अनुभव छ।

“२५ देखि ४० वर्षको उमेर भनेको अध्ययन–अनुसन्धानका लागि असाध्यै महत्वपूर्ण समय हो। त्यही बेलामा महिलाहरूको विवाह हुन्छ र पारिवारिक बन्धनमा फस्छन्”, उनले भनिन्, “यही कारण आफूले काम गरिरहेको क्षेत्र छाडेर हिंड्नुपर्ने बाध्यता पनि आइलाग्ने गरेको छ।”

उनका कतिपय साथीहरू पनि विज्ञानको क्षेत्रमा लामो समय काम गरेर पारिवारिक जिम्मेवारीकै कारण पलायन भएको अनुभव बज्राचार्यले सुनाइन्।

महिला वैज्ञानिकहरूलाई समाजले पनि नटेर्ने अवस्थाबाट अहिले असाध्यै सम्मानजनक अवस्थामा आइपुगेको उनले बताइन्।

“हामीले वैज्ञानिक अनुसन्धान शुरु गर्दा महिलालाई नमस्कार गर्नु हुँदैन भन्ने मान्यता थियो। कार्यालयका सहयोगी पुरुषहरू हामी आएको देख्यो भने अर्को कोठामा जान्थे, अहिले अवस्था त्यस्तो छैन”, बज्राचार्यले भनिन्।

सन् २०१५ बाट संयुक्त राष्ट्र संघले ११ फेब्रुअरीलाई विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालेको हो।

" /> काठमाडौं। १९औं शताब्दीको अन्त्यतिर। पोल्याण्डको राजधानी वार्सास्थित ‘वार्सा विश्वविद्यालय’। स्वर्ण पदकसहित माध्यमिक तह उत्तीर्ण गरेकी एक छात्रा विज्ञान संकायमा भर्ना हुन गइन्।

"> नास्ट र रिकास्ट हाँक्दैछन् नेपाली वैज्ञानिक महिला : Dekhapadhi
नास्ट र रिकास्ट हाँक्दैछन् नेपाली वैज्ञानिक महिला

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्