चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि हवाई परीक्षण, काठमाडौं आएर फर्कियो चिनियाँ जहाज

राष्ट्रपति सी आउँदो २७ असोजमा काठमाडौं आउने तय भएको छ। दिउँसो १ः४५ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको चिनियाँ जहाज सवा ३ बजे फर्किएको विमानस्थल स्राेतले जनाएकाे छ।

चिनियाँ जहाज आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडानहरु केहीबेर बन्द गरिएका थिए ।

सो जहाजमा आएका चिनियाँ अधिकारीहरुले विमानस्थलका अधिकारीहरुसँग केहीबेर कुराकानी गरेका थिए ।

विमानस्थलका सुरक्षा अधिकारीहरुले राष्ट्रपति सी आउने तयारीका रूपमा चिनियाँ जहाजले परीक्षण उडान गरेको बताए ।

सो जहाज फर्किएसँगै विमानस्थलबाट हुने नियमित उडान सुरु भएका छन् ।

पढ्नुहाेसः

चिनियाँ राष्ट्रपति २७ असोजमा आउँदै, केरूङ-काठमाडौं रेलमार्ग र सुरूङ मार्गमा सम्झौता हुने

प्रतिक्रिया दिनुहोस्