हिउँदे अधिवेशनले प्रदेश १ को नाम जुराउँदै

धरान। प्रदेश १ प्रदेशसभा सभामुख प्रदीपकुकामर भण्डारीले आगामी हिउँदे अधिवेशनले प्रदेश सभाको नाम टुंगो लगाउने बताएका छन्। आज धरानमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख भण्डारीले ‘प्रदेशको नाममा सहमति जुटाउने विषय निकै पेचिलो बन्दै गएको’ बताए।

“नामका लागि राजनीतिक दल, सरकार आन्तरिक छलफलमा जुटेका छन् । छिट्टै सरकारले सदनमा प्रस्ताव ल्याउने छ । हिउँदे अधिवेशनको अन्त्य अगावै प्रदेश १ ले नाम पाउने छ”, सभामुख भण्डारीले भने।

जातीय पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै विभिन्न जातीय सङ्घ संस्थाले ज्ञापनपत्र बुझाउँदै आइरहेको पनि सभामुख भण्डारीले बताए।

ठूला राजनीतिक दलले नदी नाला, हिमालको नाममा नाम राख्ने सङ्केत गरेका छन् । प्रदेश ३, ४, ६ र ७ मा क्रमशः वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम नाम राखिएको छ । सरकारले नामको विषयमा संसद्लाई काम दिएपछि प्रस्ताव आह्वान गर्नुपर्ने हुन्छ । नियमअनुसार प्रदेशसभामा नाम दर्ता गर्न एक जना प्रस्तावक र दुई जना समर्थक चाहिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्