पोखरा। नृत्यका लागि के चाहिन्छ ?
- मिलेको ज्यान
- बारुली कम्मर
- नृत्य मुद्रा जनाउने हत्केला
- नृत्यका चाल मिलाउने दुई गोडा
पर्खनोस्, तपाईंका पूर्ववत् मान्यतालाई एकैछिन विराम लगाउनुहोस्। सधैँभरि स्थापित मान्यताले काम गर्दैनन्। मानिस बडो अद्भूत जीव हो। उसले सम्भावनाका सीमाभन्दा परसम्म देख्न सक्छ। यथार्थका कटु सत्यलाई मिथ्या सावित गरिदिन सक्छ। जहाँ तपाईं आशाको अन्त्य देख्नुहुन्छ नि, त्यहीँनेरबाटै कसैले आशाको अर्को लस्कर शुरू गरिसकेको हुन्छ।
आज म तपाईंलाई त्यही आशाको कथा सुनाउँछु। असम्भवमाथि सम्भवको जितको गाथा सुनाउँछु।
लौ शुरू गरौं- आजको जीवनकथा।
०००
तपाईंको अगाडि स्टेज छ।
स्टेजमा एक सुकुमारी नाचिरहेकी छन्। संगीत र नृत्यको सम्मिलनले जुन सौन्दर्य सिर्जना गरेको छ, तपाईं त्यसैमा मग्न हुनुभएको छ। झुमिरहनुभएको छ।
गौरसँग हेर्नोस् त ! स्टेजमा नाचिरहेकी यी को हुन् ? पुराण कथामा वर्णित स्वर्गका राजा ईन्द्रको सभामा नाच्ने मेनका कि उर्वशी ?
अवश्य होइन। यी त ती अप्सरालाई चुनौती दिइरहेकी मानवकन्या पो !
लाग्छ, उनी हावामा उडिरहिछन्। संगीतका हरेक झंकारमा उनको मुद्रा झंकृत हुन्छ। गीतका प्रत्येक मुर्च्छनालाई उनी हत्केलाका पंखहरूले आकृति दिन्छिन्। मानौं, खुसुक्क कतैबाट चोरेर ल्याएकी छन् श्वेत परेवाहरू। यहाँ उडाइरहिछन्।
र, उनका गोडा ?
तपाईंले सही ठम्याउनुभयो। उनी एक गोडाकै भरमा नाचिरहिछन्। खोई कता गयो अर्को गोडा ? त्यसको कथा अलि पछि भन्छु। तर, के तपाईंलाई लागिरहेको छैन उनी पुराणकथामा वर्णित अप्सरालाई चुनौती दिइरहिछन् ? ती दुई गोडाले नृत्य गर्थे। यी एकै गोडामा नृत्यका सारा रिवाज पूरा गरिरहिछन्।
मलाई थाहा छ, उनका गोडामा नजर परेपछि तपाईं आश्चर्यले अवाक् हुनुभएको छ। आफूले मात्र सुन्ने गरी (मेहफिलमा हुनुहुन्छ नि त, त्यहाँको शान्त वातावरण भंग गर्न चाहनुहुन्न) तपाईं भनिरहनुभएको छ- आश्चर्य ओ आश्चर्य !
लौ यो के ? तपाईं प्रकृतिलाई पो यो प्रतिभाका लागि धन्यवाद दिइरहनुभएको छ- धन्य प्रकृतिमाता।
हत्तेरी यो के गर्नुभएको ? आफूलाई सच्याउनोस् ! उनको प्रतिभा प्रकृतिको देन होइन। यो त उनको हिम्मत, अठोट, लगाव र कडा मिहिनेतको परिणाम हो। कसैको देन–सेन होइन। लु, तुरुन्त सच्याउनोस् आफूलाई।
तपाईंलाई के थाहा, उनले कस्ता-कस्ता अप्ठ्यारा मोड नाघेर यहाँसम्म आइपुगेकी छन्।
०००
आठ वर्षको उमेरमा उनकी आमाले पहिलोपटक पढ्न पठाएकी थिइन् उनलाई आफ्नै गाउँ उल्लेरीको विद्यालयमा। उनी गएकी थिइन्, बैशाखीको आड लिएर- खोच्याउँदै, खोच्याउँदै।
अक्षर र शब्दहरूको संगत गर्न गएको विद्यालयमा त उनले साथीको साथ र मास्टरहरूको आड पाउनुपर्ने नि ! पाइनन्। बरू साथीहरूले उनको बैशाखी लुकाइदिए, भाँचिदिए। शिक्षकहरूले पनि वास्ता गरेनन्। नयाँ बैशाखी किन्न पोखरा शहरसम्म पुग्नुपर्थ्यो। एक वर्षसम्म उनी घस्रिएरै हिंडिन्।
छोरीले अति साह्रो दुःख पाएपछि आमालाई लाग्यो, सरकारी विद्यालय भएकाले छोरीलाई वास्ता नगरेका होलान्। अनि निर्णय गरिन्, घरदेखि केही तलको फेदीखोलाको निजी स्कुलमा पढाउँछु। त्यो पनि टाढा भएपछि अर्को निर्णय गरिन्, पोखरा बजारमै होस्टलमा राखेर छोरी पढाउँछु।
छोरी पढाउने उनको निर्णयलाई लिएर गाउँलेले खिल्ली उडाए। कसैले भने- बालुवामा पानी खन्याउँदैछे। कसैले भने- पैसा धेरै भएछ।
आमाले त्यस्ता टिप्पणीलाई बताससँगै उडाइदिइन्।
र, त उनको नाम आज स्थापित भएको छ- अन्जना गुरुङ। आमा कसैको पर्वाह नगरी खुरूखुरू पोखराको बोर्डिङ स्कुल गइन्। छोरीको नाम लेखाइदिइन्- अन्जना गुरुङ।
यो आमाले गरेको पहिलो अठोट भने थिएन। आमाले त उनी ४५ दिनकी हुँदा नै यस्तै हिम्मत गरेकी थिइन्।
०००
२०४९ को भदौमा पोखराको उल्लेरी गाउँमा जन्मेकी थिइन् अञ्जना। चलिआएको चलनसरी नै आमा सुनकुमारी उनलाई लिएर कात्तिकमा माइत गएकी थिइन्। उल्लेरीबाट माइती गाउँ कुद्दी धेरै टाढा छैन।
सुनकुमारीकी आमा पहिले नै बितिसकेकी थिइन्। माइतीमा बुढा बुबा र सानो भाइ मात्र थिए। उनको स्याहार यिनै दुईले गर्थे।
गाउँघरमा सुत्केरी र बच्चालाई तातो अगेना अगाडि राखेर तेल लगाइदिने चलन थियो। उनीहरू सधैँ छिँडीको बीचमा रहेको अगेनामा दाउरा जोरेर आगो ताप्थे। बच्चालाई तेल लगाइदिन्थे। चिसो बढिरहेको थियो नि त !
त्यो वर्षको भाइटीकाको भोलिपल्टको बिहान भने सधैँजस्तै स्वभाविक दिन हुन सकेन।
अञ्जना जन्मेको भर्खर ४५ दिन भएको थियो। सुनकुमारी अझै सजिलोसँग हिँडडुल गर्न सक्ने भइसकेकी थिइनन्। त्यसैले अगेना अगाडि न्यानो बनाएर अञ्जनालाई राखी शौचालय गइन्। शौचालय टाढा थियो। अलि समय लाग्ने भइहाल्यो। फर्किंदा पानी लिएर आउँदै थिइन्, छोरी च्याँठ्ठिएर रोएको सुनिन्। हत्तपत्त छिँडीमा पुगिन्।
हत्तेरी, यो के भयो ? छोरीको शरीरमा आगोले टिपेको छ। हतारपतार पानी खन्याएर आगो निभाइन्। अनि रुँदै-चिच्याउँदै बाहिर निस्किइन्।
उनको रोदन–क्रन्दन सुनेर गाउँले जम्मा भइसकेका थिए। सान्त्वना दिए। गाउँमै रहेका वैद्यकहाँ लैजाने सल्लाह दिए।
सुनकुमारीको मनले मानेन। छोरीलाई काखी च्यापेर हिंडिन्, पोखरा बजार जहाँ भर्खरै गण्डकी अस्पताल खुलेको थियो। यो उनको पहिलो अठोट थियो।
सुनकुमारीले त्यो भन्दा पहिले अस्पताल देखेकी थिइनन्। सुनेकी मात्र थिइन्। तैपनि उनलाई विश्वास थियो, अस्पतालले छोरीको पोलाईको घाउ निको पार्छ। तर, अचम्म डाक्टरहरूले त छोरीको खुट्टा काट्नुपर्छ पो भन्न थाले।
शुरूमा त उनलाई दिक्क लाग्यो। बरू गाउँमै वैद्यकहाँ जडीबुटीको उपचार गराएको भए हुनेरैछ जस्तो पनि लाग्यो। तीन महीना त अड्डी लिइन्। तर, डाक्टरसँग कति दिन जिद्दी गरेर सम्भव हुन्थ्यो र ! अन्ततः छोरीको खुट्टा काटियो। सुनकुमारी सात महीना जति त अस्पतालमै बसिन्।
ठूलो दुर्घटनाबाट बाँचेकी छोरी लिएर घर गइन्। हरेक दिन छोरीको काटिएको खुट्टा हेर्दै रुन्थिन्। तर, त्यो भन्दा बढी पीडा त परिवारका मानिसको टीकाटिप्पणीले दिन थाल्यो।
“माइतमा लगेर सद्दे मानिसको खुट्टा खाइदियो, चुलोमा हालिदियो भन्थे”, सुनकुमारी भन्छिन्, “आफ्नै छोरीलाई पनि कसैले त्यस्तो गर्छ र ?”
छोरीको हालत त्यस्तो थियो। परिवारका सदस्यको मानसिकता संकुचित। साथ दिने पति भारतीय सेनामा जागिरे थिए। त्यो दुर्घटना पनि उनले चिठीबाट मात्रै थाहा पाए।
एक्ली सुनकुमारी छोरी बोकेर कहाँ पुगिनन् र ? कहिले काठमाडौं, कहिले भक्तपुर पुगिन्। छोरीको उपचारका लागि भौंतारिँदा उनले पीडाका अरू रूप देखिन्।
“गाउँमा हुँदा संसारमा कसैलाई नभएको मेरी छोरीलाई भयो भन्ने लाग्थ्यो”, सुनकुमारी सम्झन्छिन्, “छोरीको उपचार गर्न काभ्रे, बनेपाको अस्पतालमा पुगेपछि मेरो धारणा फेरियो। त्यहाँ त कसैको दुवै हात थिएन, कसैको दुवै खुट्टा थिएन।”
ती दृश्य देखेपछि दुःख सबैलाई पर्नेरैछ भन्ने बोध गरिन् उनले। आफूलाई सम्हालिन्। बरू लागिन् छोरीको भविष्य सपार्नेतिर।
अञ्जनालाई होस्टलमा राखेर पढाउने अठोट त्यही प्रयत्न थियो।
०००
आफूले त्यतिबेला लिएको अठोट कति सही रहेछ भन्ने उनले एकैपटक ९ वर्ष अघि बोध गरिन्।
सन् २०११ को जनवरी। एकाबिहानै छोरी अञ्जनाले खबर सुनाइन्- “आमा मलाई दुबईबाट कार्यक्रममा नृत्य देखाउन बोलाएका छन्।”
सुनकुमारी सन्न भइन्। छोरी र नृत्य ?
उनलाई आफ्नी छोरी नृत्यांगना भइसकेकी छन् भन्ने कहाँ थाहा थियो र ? जिन्दगीमा छोरी नाचेको हेर्ने सपना त उनले त्यतिबेलै मेटाइसकेकी थिइन् जब अञ्जनाको खुट्टा काटिएको थियो।
सुनकुमारीले विश्वास नै गर्न सकिनन्।
०००
विश्वास त सुनकुमारीका साथी र शिक्षकले पनि शुरूमा कहाँ गरेका थिए र ?
७ कक्षामा पढ्दै थिइन् उनी। विद्यालयमा अतिरिक्त कार्यक्रमको तयारी भइरहेको थियो। साथीहरू समूह बनाएर नृत्य अभ्यास गरिरहेका थिए। उनले साथीहरूलाई, ‘यसो गर, उसो गर’ भनिरहेकी थिइन्। उनी नाच्ने त कल्पना नै कहाँ थियो र ?
आफू नसक्ने तर, सिकाउनुपर्ने ! – सायद यस्तै सोचे साथीहरूले। एकजनाले फ्याट्ट भनिन्– “आइजा न त, तै नाच।”
उनी खुरुखुरु गइन्। नाचिदिइन्।
साथीहरू छक्क। विद्यार्थीको अभ्यास हेरिबसेका विज्ञान शिक्षक खेम अक्क न वक्क।
“तिमी त गज्जब नाच्दिरहिछौ। कार्यक्रममा तिमी पनि नाच। नयाँ कुरा नि हुन्छ”, खेम सरले भनेपछि उनलाई ‘म पनि राम्रै डान्स गर्दोरैछु’ भन्ने लाग्यो।
साथीहरूले सोध्न थाले, “तिमीले कसरी नाच्न सिक्यौ ?”
०००
मानिसको स्वभाव नै सीमाहरू मन नपराउने हुन्छ क्यारे !
शारीरिक अवस्थाले सिर्जना गरेका सीमाहरू अञ्जनालाई मन पर्दैनथे। सानैदेखि उनी ती सीमासँग जुध्न खोज्थिन्।
सानैमा घाँसपात, मेला जान मन लाग्थ्यो। परिवारकाले ‘सक्दिनस्’ भनेर घर कुर्न लगाउँथे। उनी सुटुक्क साथीहरूसँग गइदिन्थिन्। कहिलेकाहीँ त रुख चढेर घाँस झारिरहेकी भेटिन्थिन्।
मानिसहरू भन्थे, तैंले सक्दिनस्।
उनलाई लाग्थ्यो, मैले पनि सक्छु।
नृत्यकला यस्तै आत्मविश्वासले जन्माएको थियो। टेलिभिजनमा देखेका नृत्य हेर्दै एक्लै सिकेकी थिइन् उनले।
मौकामा हिरा फोर्ने भन्छन् नि। एक्लै सिकेको त्यो सीप देखाएर उनले मौकैमा हिरा फोरिन्।
स्कुलको कार्यक्रममा उनी नाचिन्। एक गोडाविहीन उनी नाचेको देखेर सबैले आश्चर्यले जिब्रो टोके। धन्यवाद दिए। हौसला बढाए।
उनलाई लाग्यो, नृत्यमै लाग्नु ठीक छ।
अनि अभ्यासमा जुटिन्। कला केन्द्रमा गएर एक वर्ष नृत्य सिकिन्। शुरूमा त गाह्रो हुन्थ्यो नि। खुट्टा गल्थ्यो। दुई-तीन मिनेटभन्दा बढी बैशाखी बिना उभिने अभ्यास नै थिएन। तर, एक वर्षको अभ्यासले धेरथोक सिकायो।
०००
छोरी दुबईमा नृत्यकै लागि जाने भनेको सुन्दा सुनकुमारीका आँखाबाट आँसु बहे। छोरीसँगै उनी पनि गइन्।
पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा जाँदै थिइन्। बुबालाई लागेको थियो, दुबई पुगेपछि छोरी हराउली। दुबई ओर्लेपछि सोधखोज गर्दै विमानस्थल बाहिर गइन्। आयोजकहरू स्वागतमा उपस्थित थिए। आमा-छोरीको मुहारमा हर्षको बाढी आयो।
सुनकुमारी छोरीलाई छोडेर १६ दिनमै फर्किइन्। अञ्जना भने तयारीका लागि एक महीना नै बसिन्। कार्यक्रममा उनको नृत्य हेर्न नेपालीको भीड जम्मा भएको थियो। टिकट लिएका दर्शक पनि हल भरिएकाले फर्केको आयोजकले सुनाए उनलाई।
एक महीनापछि घर फर्किँदा घर त पाहुनाले भरिभराउ भएको थियो। नहोस् पनि कसरी ? उनी ‘वान लेग डान्सर’को रूपमा चिनिइसकेकी थिइन्।
०००
२८ वर्षे अञ्जनाले नृत्य थालेको पनि अहिले त ९ वर्ष पुगिसक्यो। अटुट मिहिनेतले उनको प्रतिभा निखारिँदै गएको छ।
अब त बैशाखीको सहारा पनि लिनुपर्दैन। स्कुटी चलाउन थालेकी छन्। स्कुटी उनको साथी भएको छ। शुरूमा त दुई पांग्रे स्कुटी नै हाँक्न खोजेकी थिइन्। गाह्रो भएपछि चारपांग्रे स्कुटी सिकिन्। एक महीना अभ्यास गरेपछि लाइसेन्स लिइन्।
अहिले गुरुङ ब्युटी पार्लरमा माइक्रोब्लेडिङको काम पनि गर्दैछिन्। तर, नृत्यमै करिअर बनाउन चाहन्छिन्।
“मानिसहरू मेरै नाचले मलाई सम्झिउन् भन्ने चाहन्छु”, उनको सपना छ।
पढ्नुहोस्
एउटाले सलाई दियो अर्कोले जीवन: रास्ता खड्गी (जीवन सुन्दर छ, भाग–५)
जस्तो हेर्यो त्यस्तै देखिन्छ जिन्दगी: हार्न नजानेकी जब्बर जायत्रीको कथा (जीवन सुन्दर छ, भाग-१)
" /> पोखरा। नृत्यका लागि के चाहिन्छ ?पर्खनोस्, तपाईंका पूर्ववत् मान्यतालाई एकैछिन विराम लगाउनुहोस्। सधैँभरि स्थापित मान्यताले काम गर्दैनन्। मानिस बडो अद्भूत जीव हो। उसले सम्भावनाका सीमाभन्दा परसम्म देख्न सक्छ। यथार्थका कटु सत्यलाई मिथ्या सावित गरिदिन सक्छ। जहाँ तपाईं आशाको अन्त्य देख्नुहुन्छ नि, त्यहीँनेरबाटै कसैले आशाको अर्को लस्कर शुरू गरिसकेको हुन्छ।

">